प्रगति विवरणको बचाउ गर्दै प्रधानमन्त्रीले भने– ‘सुगाले दिने खामजस्तो हैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रस्तुत गरेका प्रगति विवरणको अलोचनामाथि ‘सुगा र खाम’ को तुलना गर्दै बचाउ गरेका छन् । 

एउटाले बिराउँदा सिङ्गो संस्था बदनाम हुन जान्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रमाथि नै हमला हुन लागेको भन्दै सचेत रहन अपील गरेका छन् । संसद्‌मा आइतबार सम्बोधन गर्दै उनले सांसदहरुलाई ठग, तेलचोरको रुपमा चित्रित गर्नु प्रकारान्तरमा लोकतन्त्रमाथि हमला हुन जाने बताए ।

प्रधानमन्त्रीले संसदमा दिएको वक्तव्यमा प्रश्न गर्न नपाएसम्म संसद चल्न दिइन्न : सांसद थापा

नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीले केपी शर्मा ओलीले संसदको आइतबारको बैठकमा दिएको वक्तव्य माथि प्रश्न गर्न नदिएसम्म सदनको काम अगाडि बढ्न नदिने बताएका छन् ।

राष्ट्रपतिको आलोचना भएकोमा प्रधानमन्त्री आक्रोशित, राष्ट्रपतिलाई विवादमा ल्याउनु – ढोँग वा दरिद्रता

प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिपमाथिको आक्रमण गणतन्त्रमाथिको आक्रमण बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा आइतबार प्रधानमन्त्री ओलीले आफै नबोल्ने, केही नगर्ने र कुनै प्रतिवाद नगर्ने राष्ट्रपतिमाथि हमला गरेको भन्दै आक्रोश पोखेका हुन् ।

प्रधानमन्त्रीलाई प्रतिप्रश्न गर्न समय नपाएपछि कांग्रेस सांसदद्वारा विरोध, बैठक स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गरे लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रश्न गर्न समय माग गर्दा सभामुख कृष्णबहादुर महराले अनुमति नदिए पछि कांग्रेसका सांसदहरुले रोस्टम अगाडि उभिएर विरोध जनाएका छन् । सांसदहरुको विरोध पछि बैठक केही बेरका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री संसदलाई सम्बोधन जारी (लाइभ)

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दैछन् । उनले संसद्‌मा यस आर्थिक वर्षका बजेट तथा नीति तथा कार्यक्रम कार्यान्वयनका स्थितिका बारेमा जानकारी दिइरहेका छन् ।
ADVERTISEMENT
ADVERTISEMENT