वाइडबडी प्रतिवेदन भाषा मिलाएर पारित, मन्त्रीहरू ‘नैतिक जिम्मेवार’

संघीय संसद्को सार्वजनिक लेखा समितिले वाइडबडी खरिद अनियमितता प्रकरणमा पर्यटन सचिव कृष्ण देवकोटा र नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निलम्बन गरी तत्काल भ्रष्टाचार अभियोगमा छानबिन थाल्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

वाइडबडी खरिदमा भएको अनियमिततामा मेरो संलग्नता छैन : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले वाइडबडी खरिदमा भएको अनियमिततामा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गरेका छन् ।