छाउगोठ आगलागीमा दुई छोरासहित आमाको मृत्यु

छाउगोठभित्र निसासिएर मंगलबार राति दुई छोरासहित आमाको मृत्यु भएको छ । बाजुराको बुढीनन्दा नगरपालिका–९, अगाउँपानीमा साँझ खाना खाएर सुत्न गएका ३५ वर्षीया अम्बा बोहरा, उनका छोराहरू १२ वर्षीय सुरेश र ९ वर्षीय रमितको अँगेनामा बालिएको आगोले निसासिएर ज्यान गएको हो ।