सिन्धुलीस्थित रामबहादुर बम्जनको आश्रमबाट दुईजना सोधपुछका लागि प्रहरी नियन्त्रणमा

तपस्वी रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रमबाट सोधपुछका लागि प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । बम्जन आश्रमबाट बेपत्ता भएका र बलत्कारको समेत आरोप लागेपछि सिन्धुपाल्चोक आश्रममा छानबिन पश्चात प्रहरी टोली यहाँ आइपुगेको हो । 

बम्जन आश्रममा प्रहरी टोली

प्रहरीले तपस्वी रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रमबाट हराएका भनिएका सञ्चलाल वाइबाको खोजी थालेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरीको टोलीले शुक्रबार बाँडेगाउँको टोडे वनस्थित बम्जन आश्रममा खानतलासी गर्‍यो । 

बम्जन निर्दोष रहेको दाबी

बोधी श्रवण धर्म संघले ‘लिटिल बुद्ध’ भनिएका रामबहादुर बम्जनमाथि लगाइएका आरोप निराधार रहेको दाबी गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्रीसमेत रहेका संघका संस्थापक अध्यक्ष मणि लामाले बम्जनलाई बदनाम गर्न खोजिएको बताए ।

बम्जन आश्रमबाट हराएका परिवार भन्छन् : सरकारले छानबिन गरोस्

आफूलँई ‘लिटिल बुद्ध’का रूपमा चिनाएका रामबहादुर बम्जनको आश्रमबाट हराएकाका आफन्तले आफ्ना मान्छे खोजी गरिदिन सरकारसमक्ष माग गरेका छन् ।