परराष्ट्रमन्त्री ज्ञवाली दिल्लीमा, आजै सुश्मा स्वराजसँग भेट्ने

परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली राइसिना डायलगको चौथो संस्करणमा सहभागि हुन बिहीबार बिहान नयाँदिल्ली आइपुगेका छन् । मन्त्री ज्ञवालीले अपराह्न दिल्लिस्थित ताज प्यालेस होटलमा मंगलबारदेखि जारी राइसिना डायलगमा मन्तव्य दिने कार्यक्रम छ ।

मोदी भ्रमणका बेला भएका सम्झौता अझै पूरा भएनन्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत वैशाखको नेपाल भ्रमणका बेला दुवै मुलुकबीच पछिल्लो समय उच्च राजनीतिक तहमा भएका समझदारी र सम्झौतालाई ३ असोज २०७५ भित्र परिणाममुखी बनाउने सहमति भएको थियो ।