स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारीमा कामपा

काठमाडौँ महानगरपालिकाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको छ । अहिले कामपामा करीब १०० स्थानमा परम्परागत जेब्रा क्रसिङ छन् । 

जेब्राक्रस राख्न सिफारिस

ट्राफिक व्यवस्थापन तथा नियन्त्रणसम्बन्धी कार्यदलले वीरेन्द्रनगरको मुख्यबजार क्षेत्रमा तत्काल जेब्राक्रस राख्न सिफारिस गरेको छ ।

जेब्रा क्रसिङमै जान्छ ज्यान

करिब एक महिनाअघि लोकन्थलीमा बा४ख ३०२० नम्बरको ट्रिपरले बा३४प ६३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भक्तपुर नगरपालिका–५ देकोचा बस्ने ४९ वर्षीया इन्दिरा बिजुक्छेको ज्यान गयो । छ लेन सडकमा तीव्र गतिमा आएको ट्रिपरले ठक्कर दिँदा मृतकका श्रीमान् मोटरसाइकल चालक राजमान घाइते भए ।

जेब्रा क्रसिङको जरिवाना हट्यो

नेपाल प्रहरीको उपत्यका ट्राफिक प्रहरी महाशाखाले मंगलबारदेखि जेब्रा क्रसिङ र आकाशे पुलबाट बाटो नकाट्ने पैदलयात्रीबाट २ सय रुपैयाँ जरिवाना असुल्न बन्द गरेको छ । गृहमन्त्री जनार्दन शर्माको निर्देशनमा उपत्यका ट्राफिक प्रहरी महाशाखाले जेब्रा क्रसिङ र आकाशे पुलबाट बाटो नकाट्ने पैदलयात्रीबाट २ सय रुपैयाँ जरिवाना असुल्न बन्द गरेको हो ।

जेब्रा क्रसिङमा ठक्कर दिँदा एकको मृत्यु

उपत्यकामा ट्राफिक प्रहरीले जेब्रा क्रसिङबाट बाटो नकाट्ने बटुवालाई धमाधम कारबाही गर्ने अभियान चलाइरहेका बेला बसले जेब्रा क्रसिङबाटै बाटो काटिरहेकी युवतीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ ।

असुरक्षित सडकमा खुइलिएको जेब्राक्रस

काठमाडौंका सडकभरि अटेस-मटेस कुदिरहेको सवारी साधन र ध्वनि प्रदूषणले पैदलयात्रु आक्रान्त छन्। ठाउँ‘–ठाउँमा भएका आकाशे पुलले पैदल यात्रुलाई बाटो काट्न केही सजिलो र सुरक्षित बनाए पनि धेरैजसो ठाउँमा सवारी साधनको चापले वल्लो छेउबाट पल्लो छेउ पुग्न हम्मे पर्छ।
ADVERTISEMENT