वाइडबडी खरिद अनियमितता : मन्त्री अधिकारीको अर्को झुट

संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी विमान खरिद प्रकरणमा अर्को झूटो अभिव्यक्ति दिएको खुलासा भएको छ ।

वाइडबडीमा मेरो दोष छैन, ओली प्रधानमन्त्री भएकै बेला खरिद प्रक्रिया अघि बढेको होः देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले वाइडबडीमा आफ्नो कुनै दोष नभएको दोहोर्‍याएका छन् । अनियमिततामा देउवासमेतको संलग्नताबारे चर्चा चलेका बेला ‘वाइडबडीमा अनियमितता विरुद्ध सुरुमा आवाज उठाउने म नै हुँ,’ सोमबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा देउवाले भने, ‘यति बेला आएर मलाई पनि जोड्नु अन्याय हो ।’

वाइडबडीमा देउवा पनि

नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि जोडिएका छन् ।

वाइडबडी प्रतिवेदन भाषा मिलाएर पारित, मन्त्रीहरू ‘नैतिक जिम्मेवार’

संघीय संसद्को सार्वजनिक लेखा समितिले वाइडबडी खरिद अनियमितता प्रकरणमा पर्यटन सचिव कृष्ण देवकोटा र नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निलम्बन गरी तत्काल भ्रष्टाचार अभियोगमा छानबिन थाल्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

वाइडबडी खरिदमा भएको अनियमिततामा मेरो संलग्नता छैन : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले वाइडबडी खरिदमा भएको अनियमिततामा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गरेका छन् ।

वाइडबडी खरिदमाथि सर्वोच्चको फैसलाको आ-आफ्नै सुविधा अनुसार व्याख्या

नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले वाइडवडी विमान खरिद प्रक्रियालाई सर्वोच्च अदालतले ‘कानूनसम्मत रहेको’ ठहर्‍याएको भन्दै आफूलाई अनावश्यक विवादमा मुछिएको प्रतिक्रिया दिइरहेका छन् । पछिल्लो समय विभिन्न सरकारी निकायमा पत्राचारका क्रममा उनले सर्वोच्चको निर्णयको प्रतिलिपी समेत पठाउने गरेका छन् ।
ADVERTISEMENT

वाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कारवाही हुनुपर्छ : देउवा

उर्लाबारी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कारवाही हुनुपर्नेमा जोड दिएका छन् । 

वाइडबडी प्रतिवेदनबारे सांसद विभाजित 

सांसदहरूबीच मतभेद भएपछि सार्वजनिक लेखा समितिले शुक्रबार वाइडबडी खरिद अनियमितता छानबिन उपसमितिले दिएको प्रतिवेदनमाथि कुनै निर्णय लिन सकेन । अधिकांश सत्तारूढ सांसदले प्रतिवेदनमाथि आपत्ति जनाउँदा उपसमिति सदस्य र विपक्षी सांसदले हुबहु पारित हुनुपर्नेमा जोड दिए ।