चिनी मूल्य बढाउन चलखेल

व्यवसायीले चिनीको मूल्य बढाउन फेरि चलखेल सुरु गरेका छन् । स्वदेशी उद्योग प्रवर्द्धनको नाममा दसैंको मुखमा आयात बन्द गराउन सफल उद्योगीहरू अहिले मूल्य बढाउने चलखेलमा लागेका हुन् । 

चिनीको मूल्यमा अल्झियो उखु क्रसिङ

किसानको उखु खेतमै फुल्न थालेको छ । तौल कम हुने चिन्ता उनीहरूलाई छ । उखु खेतमै भएपछि अन्य बाली लगाउन उनीहरूले पाएका छैनन् । महिनौं हारगुहार गर्दै हिँडेपछि सरकारले बल्ल उखुको मूल्य तोक्यो ।

उखुको मूल्य तोकियो

महोतरीको बर्दीबासमा बुधबार साँझ भएको उखु किसान महासंघ र चिनी उत्पादक महासंघबीचको बैठकले उखु मूल्यको विवाद टुंग्याएको छ । मूल्यमा सहमतिपछि चिनी मिल सञ्चालन हुने भएका छन् । 

सरकारले तोक्यो उखुको मूल्य

सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५ सय ३६.५६ रुपैयाँ निर्धारण गरेको छ । उद्योगी र किसानबीच मूल्य विवादले उद्योगीहरूले उखु क्रसिङ सुरु नगरेपछि सरकारले न्युनतम मूल्य तोकेको हो ।

सरकारले समयमा उखुको मूल्य नतोक्दा किसानले उखु काट्न पाएनन्

सरकारले समयमा उखुको मूल्य नतोक्दा किसानले उखु काट्न पाएका छैनन् । उखु काट्न भएको ढिलाइले खेतमै उखु फुल्न थालेको छ । उखु फुलेपछि तौल कम हुने भएकाले किसान चिन्तित भएका छन् । 

चिनी उद्योग सञ्चालन भएन

कविलासी नगरपालिका–२, पिपरियाका किसान सुरेन्द्र रायको चिन्ता टरेको छैन । खेतमा लगाएको उखु सुक्न लागे पनि चिनी उद्योग सञ्चालन नहुँदा उनी तनावमा छन् । 
ADVERTISEMENT
ADVERTISEMENT

चिनी उद्योग खुलाउन सांसदको माग

सांसदहरुले उखुको मूल्य निर्धारण गरेर चिनी उद्योग खुलाउन माग सरकारसँग राखेका छन् । चिनी उद्योगले उखुको मूल्य घटाउन दबाब दिन कात्तिक अन्तिमदेखि खुल्ने उद्योग पुसको दोस्रो सातासम्म पनि बन्द गरेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

चिनी मिललाई उखु अभाव

कञ्चनपुरको दक्षिणी भेगका दुई चिनी मिल वार्षिक २५ लाख क्विन्टल उखु पेल्न सक्ने क्षमताका छन् । दुवै मिलले आवश्यकताअनुसार उखु पाउन सकेका छैनन् । मिल ढिलो सञ्चालन गरेर चांँडै बन्द गर्नुपर्ने अवस्था छ ।

ठूलो परिमाणमा सेतक चिनी अलपत्र

किसानले संकलन गरेका ठूलो परिणामको सेतक चिनी(खिरौंला) अलपत्र परेको छ । जिल्लाबाट निकासी गर्न छुटपुर्जी नपाउँदा सेतक चिनी बारीमै सड्ने अवस्थामा पुगेको हो ।