बहिष्कार गर्ने घोषणापछि कांग्रेस बैठक स्थगित, नेविसंघ महाधिवेशन अन्योलमा

कांग्रेसको बिहीबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक आन्तरिक विवादका कारण स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट बैठक बहिष्कारको घोषणा भएपछि सभापति शेरबहादुर देउवा बैठक स्थगित गर्ने निर्णयमा पुगेका हुन् ।

गुटबन्दीले धकेलिँदै नेविसंघ महाधिवेशन

नेपाली कांग्रेसको आन्तरिक कलहका कारण भ्रातृ संगठन नेविसंघको महाधिवेशन अन्योलमा धकेलिएको छ । पार्टीका संस्थापन र अर्को पक्ष महाधिवेशन तयारी सुरु हुनुअघि नै नेविसंघ नेतृत्व आफूतिर पार्ने कसरतमा छन् । यही रस्साकसीले विवाद बढाउँदा शुक्रबार बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकसमेत हुन सकेन ।

नेविसंघ महाधिवेशन कात्तिक दोस्रो साता

कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन कात्तिक दोस्रो सातालाई प्रस्ताव गरिएको छ । संघको शनिबार बसेको बैठकले कात्तिक १६ देखि १८ सम्म राजधानीमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

‘नेविसंघ नेतृत्व अक्षम’

नेपाल विद्यार्थी संघको नेतृत्व विधानविपरीत चलेको भन्दै संघका असन्तुष्ट पदाधिकारी तथा सदस्यहरूले पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।