विवेकशील साझाले भन्यो- 'अलग्गिएका साथीहरुसँग कुनै बिन्दूमा फेरि मिलन हुन्छ'

विवेकशील साझा पार्टीले छुट्टिएका पार्टी सदस्यलाई औपचारिक संवादको लागि आग्रह गरेको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा संयोजक रवीन्द्र मिश्रले असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला रहेको बताउँदै चित्त नबुझेको विषयमा औपचारिक वार्ता गर्न आग्रह गरेका छन्। 

विवेकशील साझाले भन्यो, 'थापाले नयाँ दल दर्ताको प्रक्रिया प्रारम्भ गर्नु दुःखद'

विवेकशील साझा पार्टीले संयोजक उज्ज्वल थापाले नयाँ दल दर्ताको प्रक्रिया प्रारम्भ गर्नु दुखद् अवस्था भएको बताएको छ ।प्रवक्ता सूर्यराज आचार्य शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै पार्टीमा रहेका मतभिन्नताहरुलाई सम्बोधन गर्न बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी नभई संयोजक थापाले नयाँ दल दर्ता प्रक्रिया थाल्नुले आश्चर्यचकित पारेको बताएका छन् ।

एकताको १७ महिनामै फुट्यो विवेकशील साझा

एकीकरण भएको १७ महिनामै विवकशील साझा पार्टी फुटेको छ । संयोजक उज्ज्वल थापा पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा शुक्रबार निवेदन दिएसँगै उक्त पार्टी विभाजन भएको हो । संयोजक थापाले १६ केन्द्रीय सदस्यसहित आयोगमा निवेदन दिएका छन् ।

विवेकशील साझाभित्र खटपट

वैकल्पिक राजनीति गर्ने भन्दै १६ महिनाअघि एकीकरण भएको विवकशील साझा पार्टीभित्र खटपट देखिएको छ । पार्टी संयोजक उज्ज्वल थापाले पार्टीभित्र व्यापक सुधार गर्नुपर्ने भन्दै १६ बुँदे समीक्षात्मक प्रतिवेदन सबै सदस्य र नेतालाई पठाएसँगै असन्तुष्टि सतहमा आएको हो । 

विवेकशील र साझाको ‘मौन गति’

फागुन १७ गते बीबीसी नेपाली रेडियो सेवा छाडेको अर्को महिना साझा पार्टी खोल्दै गर्दा संयोजक रवीन्द्र मिश्रले विवेकशील नेपाली दलसित एकता गर्लान् भन्ने कमैले ठानेका थिए।