कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

उत्तिकै चर्चित रहला ?

फेसबुकको १० बर्ष
विजय तिमल्सिना

काठमाडौ — ४ फ्रेब्रुअरीमा फेसवुकले आफ्नो दशौं जन्मोत्सव मनाउने छ । स्थापनाको एक दशक मनाउनै लाग्दा फेसबुक आफ्नो लोकपि्रयताको उत्कर्षमा छ । तर, कुरा दुखको कुरा के भने, फेसबुकको अब ओरालो लाग्ने दिन सुरु भएको छ ।

उत्तिकै चर्चित रहला ?
फेसबुकको बर्षगाँठ मनाउनु केही हप्ता अघि मात्रै पि्रन्सटन यूनिभर्सिटीको अनुसन्धाताले फेसबुकको ओरालो यात्राबारे आंकलन गरेका हुन् ।
वालापन छाडे किशोरावस्थामा प्रवेश गर्न लागेको फेसवुकप्रतिको उनीहरुको अनुसन्धानले देखाएको छ, 'एक देखि तीन बर्षभित्र यसले आफ्नो ८० प्रतिशत प्रयोगकर्ता गुमाउनेछ ।' मोबाइल च्याट एप्सको लोकपि्रयतासँग फेसबुकको 'क्रेज' घट्न थालेको टिप्पणी भइरहेको बेला फेसबुकको ओरालो यात्राबारे अनुमान सार्वजनिक भएको हो । यद्यपि फेसबुकले यसलाई गम्भीर रुपमा लिएको छैन ।
अध्ययनलाई सत्य मान्ने हो भने यो फेसबुक लोकपि्रयताको अन्तिम बर्ष हो । अध्ययनमा संलग्नहरु भन्छन्, 'फेसबुक संक्रमित रोगजस्तै फैलियो अब निको हुने क्रममा छ ।' सन् २००४ मा सुरु भएको फेसबुकको १ अर्ब २० करोड बढी प्रयोगकर्ता छन् । यस बीचमा उसले उकालोमात्र चढ्यो । ओरालो र्झन जानेन । तर, सधै चुचुरोमा रहन गाह्रो हुन्छ । अनलाईन च्याटिङलाई राम्रो सञ्चार मान्ने हो भने एक दशकमा फेसबुकले सञ्चार क्रान्तिमा सघाएको छ । सजिलो च्याटिङ, फोटो र स्टाटस अपडेटमा सरलता, आफन्त र साथीभाईसँग जोडिन सहजताका कारण यसको लोकपि्रयता दिनप्रतिदिन चम्केको हो ।
फेसबुक आफू मात्रै चम्किएन उसको लागि गेम एप्स बनाउने ज्यांगा पनि मिलियन डलर कम्पनीको रुपमा परिणत भएको छ । फेसबुकको तीब्र गतिले उसका प्रतिद्वन्द्वी माइस्पेस, हाईफाईभजस्ता सोसल नेटवर्क धिमा सावित भइदिए ।
फेसबुक च्याटिङसँगै लोभिएर निस्किएका मोबाइल च्याटिङ एप्सको आगमनसँगै धेरै तन्नेरी र किशोरकिशोरीले फेसबुकमा समय बिताउन छाडेका छन् । सोसल मिडिया र प्रविधिसम्बन्धी ब्लगर आकार अनिल भन्छन्,'नयाँ प्रयोगकर्ता फेसबुकप्रति बढी क्रेजी हुने गरेपनि केही समयपछि उनीहरु यसबाट अन्य सोसल साइट र च्याटिङ एप्स तर्फ आकषिर्त भएको देखिन्छ ।' भाईबर, ह्वाट्सएप, वीच्याटजस्ता मोबाइल च्याटिङ एप्सले फेसबुकबाट ध्यान मोडिदिएको उनको तर्क छ । स्मार्टफोन प्रयोगकर्ताबीच यस्ता एप्स लोकपि्रय छन् । नेपालमा अहिले करिब नौ लाखले स्मार्टफोन बोक्ने गरेको तथ्यांक छ ।
फेसबुकले आफ्नो पछिल्लो प्रतिवेदनमा यसलाई स्वीकारेको पनि छ ।  फेसबुकले सन् २०११ यता एक करोड १० लाखको हाराहारीमा किशोरउमेरका प्रयोगकर्ता गुमाएको विज्ञहरुले भनेका छन् । फेसबुकमा गोपनियता हुन छाडेको किशोरकिशोरीको आरोप छ । 'आमा बुवा, काकाकाकी, मामामाईजु सबै फेसबुकमा भएपछि हाम्रा सबै गतिविधि थाहा हुने भयो', उनीहरुको गुनासो छ,'यसमा हाम्रो गोपनियता भएन ।'

अध्येताहरु भन्छन्,'फेसबुकको हालत माइस्पेसको जस्तै हुनेछ ।' सन् २००३ मा स्थापना भएर सन् २००८ मा सबैभन्दा धेरै प्रयोगकर्ता भएको माइस्पेसलाई जितेर फेसबुक उदाएको थियो । वेव ट्राफिकको आधारमा कुनै बेला नम्बर एक रहेको माइस्पेसको र्‍याङ्किङ अहिले तीनसय भन्दा पछाडी छ ।
नेपालबाट फेसबुक चलाउने ३४ लाख प्रयोगकर्ता मध्ये ११ लाख २० हजार १३ देखि १९ बर्ष उमेर समूहका छन् । फेसबुकको तथ्यांक अनुसार नेपालबाट १० लाख ४० हजार २० देखि २४ बर्ष उमेर समूहका व्यक्तीले फेसबुक चलाउछन् । फेसबुकको तथ्यांक अनुसार नेपालमा २० लाख भन्दा बढीले मोबाइलबाट फेसबुक चलाउँछन् ।
नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार नेपालमा ७६ लाख ६४ हजार ईन्टरनेट प्रयोगकर्ता छन् । यो तथ्यांकलाई आधार मान्दा नेपालका करिब २८ प्रतिशत जनसंख्या ईन्टरनेट प्रयोग गर्छन् । ईन्टरनेट चलाउनेमध्ये ४४ प्रतिशतले फेसबुक चलाउँछन् । भनिन्छ,'फेसबुक चलाउने संख्या नै नेपालको सक्रिय ईन्टरनेट प्रयोगकर्ता हो ।'
नयाँ पुस्ता आफूसँग टाढिदै गएको अनुभव फेसबुकले नगरेको होइन् । त्यसैले उसले अघिल्लो बर्ष नै फेसबुक म्यासेन्जर ल्यायो तर अन्य च्याटिङ एप्सले उसलाई धेरै पछाडि छाडिदिए । पछिल्लो समय उसले स्न्याप च्याटलाई तीन अर्ब अमेरिकी डलरमा किन्न खोजेको थियो । तर, स्न्यापच्याटका मालिकले प्रस्ताव अस्वीकार गरेपछि च्याटिङ एप्समा कब्जा जमाउने फेसबुकको सपना तत्कालका लागि तुहिएको छ ।
सेयर गरेको फोटो १० सेकेण्डसम्म मात्रै हेर्न मिल्ने त्यसपछि स्वत डिलिट हुने, १० सेकण्डसम्मको भिडियो सहज पठाउने मिल्ने भएकाले स्न्यापच्याटको चर्चा चुलिदो छ । जसलाई सबै मोबाइल च्याटिङ एप्सको सम्मिश्रति रुप मानिएको छ । हाल डेढ अर्ब रहेका मोबाइल एप्स प्रयोगकर्ता सन् २०१७ सम्ममा साढे चार अर्ब पुग्ने अनुमान गरिएको छ । जसका कारण मोबाईल च्याटिङ एप्सले स्वत चर्चा कमाउनेछन् ।
सोसल मिडिया एनालिस्ट भुपेन्द्र खनालको अनुमान छ,'अरु धेरै सोसल नेटवर्क उदाए पनि फेसबुक सबैभन्दा ठूलो नेटवर्कको रुपमा रहनेछ ।'
-एजेन्सीको सहयोगमा
 

प्रकाशित : माघ १७, २०७० १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?