१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

क्यान इन्फोटेक सुरु

पहिलो दिन ४७ हजार ५ सय ३१ जनाले गरे अवलोकन

काठमाडौ — क्यान महासंघको आयोजनामा क्यान इन्फोटेकको २१ औं संस्करण बुधबार राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । मेलाको उपप्रधानमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरे ।

त्यस अवसरमा मन्त्री सिंहले समग्र मुलुकको विकासका लागि प्रविधिको विकास हुनुपर्ने बताउँदै त्यसका लागि राजनीतिक स्थिरता आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा महासंघका अध्यक्ष विनोद ढकालले क्यान महासंघमा परिणत भएकाले आगामी दिनमा आफ्नो कार्य क्षेत्रलाई बृहत् रूपमा अगाडि बढाउँदै समग्र देशको सूचना तथा सञ्चार प्रविधिको विकासमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्ल, सुबिसु केबल नेट प्रालिका निर्देशक सुधीर पराजुलीलगायतले इन्फोटेक प्रविधिको विकासमा कोसेढुंगा सावित
हुने बताए ।
 मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसेरिज, डिलर र डिस्टि्रब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आईसीटी कलेज तथा ट्रेनिङ इन्स्िटच्युटस, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायत २ सय १९ वटा स्टल छन् । प्रदर्शनी अवलोकनका लागि सर्वसाधारणलाई १ सय ५० र विद्यार्थीलाई ७५ रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । पहिलो दिन ४७ हजार ५ सय ३१ जनाले मेलाको अवलोकन गरेका छन् ।

प्रकाशित : माघ १५, २०७१ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?