कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

गुगल प्लस नयाँ रुपमा

काठमाडौं — गुगलले आफ्नो प्रयोगकर्ताका लागि ल्याएको गुगल प्लसलाई नयाँ रुपमा प्रस्तुत गर्ने भएको छ । सामाजिक सन्जाल फेसबुक र टिव्टरसँग प्रतिस्पर्धा गर्न गुगलले गुगल प्लस सार्वजनिक गरेको थियो ।

गुगल प्लस नयाँ रुपमा



अहिले परिक्षणका रुपमा नयाँ रुपको प्रयोग गरिएको छ । गुगल प्लसमा नयाँ फिचरको रुपमा ‘कलेक्सन’ र ‘कम्युनिटी’ थप गरिएको छ । गुगल प्लसबाटै अन्य सामाजिक सन्जालसँग जोडिन सक्ने भएकाले ‘कम्युनिटी’ फिचर बढी चल्नसक्ने अनुमान गरिएको छ । 

पुरानो संस्करणमा प्रयोगकर्ताको प्रोफाइल खाता रहने र प्रोफाइल फोटो ‘लाइक’ गर्न मिल्ने, ‘स्टाटस’ अपडेटमात्र गर्न सकिन्थ्यो । ‘अहिलेको गुगल प्लसमा नयाँ थपिएका यी फिचरले प्रयोगकर्तालाई आकर्षित गर्नेछ,’ ब्लगपोष्टमा गुगलले बताएको छ । पहिलेभन्दा अब गुगल प्लस चलाउन किनै सजिलो हुने र पूर्णरुपमा नयाँ स्वरुप दिएको डिजाइन र थप फिचर सहितको गुगल प्लस मोबाईलमा पनि डेस्कटपमा झैं सजिलो हुने दाबि कम्पनीले गरेको छ । यसका लागि कम्पनीले वेव, एन्ड्रोइड र आइओएसलाई मिल्ने किसिमले पुर्नसंरचना गरेको जनाएको छ । 

‘प्रयोगकर्तासम्म पुगेर उनीहरुले किन गुगल प्लस चलाउँछन् र कसरी यसको प्रयोग गरिरहेका छन्, जान्नका लागि धेरै समय खर्च गरिरहेका छौं,’ ब्लगपोष्टमा गुगलले जनाएको छ । हालै मात्र एप्पलको ‘म्युजिक एप’ सँग प्रतिस्पर्धा गर्न गुगलले आफ्नो म्युजिक एप सार्वजनिक गरेको थियो । गुगलको उक्त एप एन्ड्रोइड र एप्पल दुवैको स्मार्टफोनमा चलाउन सकिन्छ । ‘यसैबीच, कम्पनीले गुगल प्लसलाई नयाँ स्वरुपमा ल्याएर सबैलाई आश्चर्यमा पारेको छ,’ विभिन्न टेक्नोलोजी वेभपोर्टलले प्रतिक्रिया दिएका छन् । 

नयाँ स्वरुप र फिचर समावेस गरेपनि गुगल प्लसलाई सामाजिक सन्जालहरुमा अगाडी आउन उत्तिकै चुनौती छ । संसारभरमा एक्टिभ फेसबुक प्रयोगकर्ता १ अर्ब ४९ करोड नाघिसकेको स्टाटिका–२०१५ को तथ्यांक छ । ‘यस्तोमा न्युन प्रयोगकर्ता रहेको गुगल प्लस कसरी अगाडी आउँछ, यो ठुलो चुनौती हो,’ बीबीसीले लेखेको छ । उक्त तथ्यांकको आधारमा सूचिकृत गर्दा गुगल प्लस नवौं स्थानमा छ । स्टाटिकाका अनुसार गत अगस्टसम्म गुगल प्लसको एक्टिभ प्रयोगकर्ताको संख्या ३० करोड छ । फेसबुक पछि नेपालमा निकै चलाइने टिव्टर समेत ३१ करोड ६० लाख प्रयोगकर्ता सहित संसारभर चलाइने सामाजिक सन्जालको सुचीमा सातौं स्थानमा छ । यस्तोमा गुगल प्लसले नयाँ स्वरुप ल्याउनुका साथै विस्तारको योजना कस्तो ल्याउँछ, त्यसले प्रभाव पर्ने टेक्नो विज्ञहरुले बताएका छन् । 

गत साउनमा सामाजिक सन्जालमा पछाडी परेको गुगल प्लस बन्द गर्ने घोषणा गरेको गुगलले अचानक नयाँ स्वरुपमा तयार पारेको हो । कम्पनीले गुगल प्लस फोटोज हटाएर यसको लागि छुट्टै एप समेत तयार गरिरहेको छ । गुगलले सन् २०११ मा गुगल प्लस सार्वजनिक गरेको थियो । 

(एजेन्सीकाे सहयाेगमा)

प्रकाशित : मंसिर ३, २०७२ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?