एनसेलमा फेसबुक नि:शुल्क

कान्तिपुर संवाददाता

काठमाडौं — एनसेलका ग्राहकहरुले बुधबारदेखि मोबाइल डेटा सपोर्ट गर्ने मोबाईल फोनबाट सामाजिक सञ्जाल फेसबुक नि:शुल्क चलाउन पाउने भएका छन् । ‘इन्टरनेट सबैका लागि’ थिमअन्तर्गत मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले फेसबुकसँगको सहकार्यमा आकर्षक योजना ‘फेसबुक फ्रि’ मंगलबार सार्वजनिक गरेको थियो ।

एनसेलमा फेसबुक नि:शुल्क

एनसेलका ग्राहकहरुले बुधबारदेखि मोबाइल डेटा सपोर्ट गर्ने मोबाईल फोनबाट सामाजिक सञ्जाल फेसबुक नि:शुल्क चलाउन पाउने भएका छन् ।

‘इन्टरनेट सबैका लागि’ थिमअन्तर्गत मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले फेसबुकसँगको सहकार्यमा आकर्षक योजना ‘फेसबुक फ्रि’ मंगलबार सार्वजनिक गरेको थियो । आज (बुधबार)देखि सुरु हुने फेसबुक फ्रि अफर ९० दिनसम्म जारी रहनेछ ।

एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले एन्ड्रोइड मोबाइल एप र ब्राउजर (प्रोक्सीबाहेक)बाट फेसबुकमा नि:शुल्क आफ्नो स्ट्याटस पोस्ट गर्न, फोटाहरु अपलोड गर्न, अरुको स्ट्याटस हेर्न, लाईक, सेयर तथा कमेन्ट गर्न सक्ने उक्त कम्पनीले जनाएको छ । यो अफर लागू भएपछि फेसबुक पेजमा ‘गो टु फ्रि’ बटन स्वत: देखिने छ । उक्त बटन क्लिक गर्ने बित्तिकै, एनसेलका ग्राहकहरुले फेसबुकको नि:शुल्क संस्करणबाट फेसबुक ब्राउज गर्न सक्नेछन् ।

प्रकाशित : फाल्गुन ४, २०७३ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?