आयो नेपाली बजारमा साओमीको एमआइ ५एस

कान्तिपुर संवाददाता

काठमाडौं — नेपाली बजारमा साओमीले एमआइ ५एस फोन सार्वजनिक गरेको छ । विश्व बजारमा स्मार्टफोन र विभिन्न इलेक्ट्रोनिक सामग्रीको डिजाइन, उत्पादन र प्रवर्द्धन गर्दै आएको कम्पनीले नयाँ स्मार्टफोन बजारमा ल्याएको हो ।

आयो नेपाली बजारमा साओमीको एमआइ ५एस

कम्पनीले नेपाली बजारमा रुचाइएको एमआइ ब्रान्डअन्तर्गत रेडमी ४ र एमआइ सिरिजको एमआइ ५ लाई परिमार्जित गरी एमआइ ५ एस बजारमा ल्याएको जनाएको छ । सस्तो मूल्यमा गुणस्तरीय सेवा दिने रेडमी ४एमा दुई जीबी र्‍याम र १६ जीबी रोम रहेको छ । पाँच इन्चको डिस्प्ले रहेको फोनमा ३१२० एमएएचको ब्याट्री राखिएको छ । यसको बजार मूल्य १४ हजार नौ सय ९९ रहेको छ ।

यसैगरी एमआइ ५एसमा ५.१५ इन्चको डिस्प्ले छ । ४९ हजार नौं सय ९९ मूल्य रहेको फोनमा क्वालकम स्न्यापड्रयागन ८२५ प्रयोग गरिएको छ ।

मेटल बडीमा निर्मित यो फोनमा फोरजी सेवासमेत सपोर्ट गर्ने कम्पनीले जनाएको छ । यसको अल्ट्रासोनिक फिंगरप्रिन्ट सेन्सर, ३२०० एमएएच ब्याट्री, तीन जीबी र्‍याम र ६४ जीबी रोम छ । फोनमा अगाडि ४ र पछाडि १३ मेगापिक्सेलको क्यामरा राखिएको छ ।

प्रकाशित : फाल्गुन ५, २०७३ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?