१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

टुँडिखेलमा मोबाइल फ्याँक्ने प्रतिस्पर्धा हुँदै

कान्तिपुर संवाददाता

काठमाडौं — रोटरी क्लब अफ रुद्रमतिले दुर्गम क्षेत्रका महिलालाई स१चारको साधन उपलब्ध गराउन काठमाडौंको टुँडिखेलमा मोबाइल फ्याँक्ने प्रतिस्पर्धा गर्ने भएको छ ।

टुँडिखेलमा मोबाइल फ्याँक्ने प्रतिस्पर्धा हुँदै

क्लवले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार आगामी फागुन २१ गते बिहान १० बजेदेखि प्रतियोगिता सुरु हुने छ । प्रतियोगितामा पुरानो मोबाइल फ्याकेर सबैभन्दा टाढा पुर्‍याउने तीन जनाले नयाँ मोबाइल पुरस्कार जित्ने क्लवका अध्यक्ष तत्वप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

प्रतिस्पर्धाका लागि विभिन्न दाताहरुले संस्थालाई २० वटा नयाँ मोबाइल उपलव्ध गराइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा सहभागि हुन विदेशबाट समेत प्रतिस्पर्धीहरु आउने कार्यक्रममा जानकारी दिइएको छ ।

प्रतिस्पर्धामा भाग लिनेले आफूलाई दर्ता गर्न १ हजार रुपैयाँ शुल्क तिर्नु पर्ने छ । काम चल्ने पुरानो मोबाइल भए ५ सय रुपैयाँमा आफूलाई दर्ता गर्न सकिने छ । यसरी संकलन भएको रकमले मुगुका दुर्गम गाविसका महिलालाई मोबाइल किनेर वितरण गरिने क्लवका सुदीप कोइरालाले जानकारी दिए ।

प्रतिस्पर्धीहरुलाई तीन समुहमा बाँडेर मोवाइल फ्याँक्न लगाइने छ । ती समुहमा १४ बर्षमुनिका बालबालिका, १४ बर्षमाथिका महिला र पुरुषको समुह हुने छ ।

नेपालमा यस खालेको प्रतियोगिता पहिलो पल्ट रोटरी क्लबले सन् २०१५ मा सुरु गरेको थियो । यस्तो कार्यक्रमको थालनी १८ वर्ष अगाडि फिनलेण्डमा भएको थियो ।

प्रतिस्पर्धा आयोजक रोटरी क्लब अफ रुद्रमति सन् २००३ मा स्थापित भएर सामाजिक कार्यहरु सञ्चालन गर्दै आइरहेको संस्था हो ।

प्रकाशित : फाल्गुन १४, २०७३ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?