ओप्पोद्वारा स्मार्टफोनका लागि फाइभ एक्स डुअल क्यामेरा जुम सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौं — मोबाइल कम्पनी ओप्पोले ‘फाइभ एक्स डुअल क्यामेरा जुम’ प्रविधिको पहिलो झलक प्रस्तुत गरेको छ । मोबाइल वल्र्ड कङ्ग्रेस (एमडब्ल्यूसी)–२०१७ मा कम्पनीले प्रदर्शित गरेको यो पेरिस्कोप स्टाइल डुअल क्यामेरा, स्मार्टफोनका लागि संसारकै पहिलो भएको दाबी गरिएको छ ।

ओप्पोद्वारा स्मार्टफोनका लागि फाइभ एक्स डुअल क्यामेरा जुम सार्वजनिक

मोबाइल कम्पनी ओप्पोले ‘फाइभ एक्स डुअल क्यामेरा जुम’ प्रविधिको पहिलो झलक प्रस्तुत गरेको छ ।

मोबाइल वल्र्ड कङ्ग्रेस (एमडब्ल्यूसी)–२०१७ मा कम्पनीले प्रदर्शित गरेको यो पेरिस्कोप स्टाइल डुअल क्यामेरा, स्मार्टफोनका लागि संसारकै पहिलो भएको दाबी गरिएको छ । यो प्रविधिले स्मार्टफोनमा पााच गुणा ‘लसलेस’ जुम क्षमता उपलब्ध गराउँछ । नयाँ प्रविधिमार्फत उपभोक्ताले शक्तिशाली जुम फङसनका साथै ईमेज स्टेबलाइजेसन क्षमताको उपभोग गर्न पाउनेछन् ।

‘फाइभ एक्स डुअल क्यामेरा जुमले स्मार्टफोन फोटोग्राफीको क्षेत्रमा नयाा सम्भावनाको ढोका खुल्ला गरेको छ’, ओप्पाको उपाध्यक्ष तथा ईन्टरनेसनल मोबाइल विजनेसका प्रबन्ध निर्देशक स्काइ लीले भने ‘साथै, नयाँ प्रविधि उपभोक्तालाई तिनको आवश्यकता र चाहनाअनुसार उत्कृष्ट र आकर्षक तस्बिर लिन सघाउने छ ।’

प्रकाशित : फाल्गुन १७, २०७३ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?