कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्य स्वयंसेविकालाई मोबाइल उपहार !

गोरखा — अहोरात्र स्वास्थ्य सेवामा खटिरहेका गोरखाका विभिन्न गाउँका महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल सेट उपहार दिइएको छ ।

स्वास्थ्य स्वयंसेविकालाई मोबाइल उपहार !

जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले नेपाल प्रजनन स्वास्थ्य सेवा केन्द्र (एनएफसिसी) र विभिन्न सङ्घसंस्थाको सहयोग र समन्वयमा स्वयंसेविकालाई मोबाइल उपलब्ध गराएको हो । आफ्नो जिम्मेवारी र सेवामा उत्प्रेरणा जगाउँदै गाउँलेको सेवामा थप सहयोगी बन्दै लाग्ने विश्वासका साथ स्वयंसेविकालाई मोबाइल उपलब्ध गराउने चाँजोपाँजो मिलाइएको हो ।

स्वयंसेविकाले थोरै सरकारी सेवा, सुविधा लिएर पनि दुर्गमदेखि सुगम गाउँसम्म पुगेर जनताको स्वास्थ्य सेवा, खोप, पोलियो थोपा, हात्तीपाइलेविरुद्धको औषधि खुवाउनेलगायत काम गर्दै आएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर अधिकृत वीरबहादुर श्रेष्ठले जिल्लाका ६२४ जना स्वयंसेविकालाई मोबाइल सेट उपहार दिइसकेको र सिम, रिम पनि उपलब्ध गराउने कार्य भइरहेको जानकारी दिए । यीमध्ये विभिन्न २४ गाविसका स्वयंसेविकालाई केही समयका लागि रिचार्ज खर्चको समेत व्यवस्था गरिएको छ ।

रु दुई हजार मूल्य पर्ने मोबाइल सेट उपहार दिइएको हो । कार्यालयले दिएको मोबाइल सेट स्वयंसेविका छाडेको दिन फिर्ता गर्नुपर्नेछ । श्रेष्ठले भने– 'स्वयंसेविकाका रुपमा काम गर्दासम्म यो मोबाइल सेट फिर्ता गर्नुपर्दैन । पदबाट छाडेको दिन नयाँ स्वयंसेविकालाई दिनुपर्छ । त्यो मोबाइल कार्यालय प्रयोजनका लागि हो ।'

एनएफसिसीले २१७, सेभ द चिल्ड्रेनले २१७ र टिपिओ नेपालले १९० थान मोबाइल सेट खरिद गरी जनस्वास्थ्य कार्यालयमा बुझाएपछि स्वयंसेविकाको मोबाइल उपहार दिइएको कार्यालयले जनाएको छ । कार्यालयले तोकेको नम्बरबाट कामका लागि फोन गर्दा सहज हुने रहेछ'– उनले भने । रासस

प्रकाशित : फाल्गुन २०, २०७३ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?