१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

रातारात अर्बपति बनेका यी दुई

एएफपी

सान फ्रान्सिस्को — प्रयोगकर्ताले हेरेपछि म्यासेज डिलिट हुने सुविधाको मोबाइल एप्लिकेसन स्न्यापच्याट युवापुस्तामाझ लोकप्रिय भयो र यसका संस्थापक इभान स्पेगल र बबी मर्फीलाई विश्कै कान्छो अर्बपतिको रुपमा उभ्यायो ।

रातारात अर्बपति बनेका यी दुई

प्रयोगकर्ताले हेरेपछि म्यासेज डिलिट हुने सुविधाको मोबाइल एप्लिकेसन स्न्यापच्याट युवापुस्तामाझ लोकप्रिय भयो र यसका संस्थापक इभान स्पेगल र बोबी मर्फीलाई विश्कै कान्छो अर्बपतिको रुपमा उभ्यायो ।

स्न्यापच्याटले पब्लिक आइपीओ खोलेलगत्तै यसको कम्पनी भ्यालू २८ बिलियन डलर पुगेको छ । १७ डलर प्रति सेयरबाट खोलिएको सेयर ४१ प्रतिशत बढेर २४ डलर प्रतिसेयर पुगेको थियो ।

अमेरिकाको टेक्नोलोजी राजधानी मानिने सिलिकन भ्यालीबाट टाढा रहेको भेनिस सहरमा रहेका यो कम्पनी भर्खरै पब्लिक कम्पनीमा गएको छ । कम्पनी पब्लिकमा गएलगत्तै यसका संस्थापकद्वय अर्बपति बनेका छन् र उनीहरुको चर्चा जताजतै छ ।

डिभोर्सी अभिभाभकबाट हुर्किएका स्पाइगेलको जीवन अहिले एकाएक चर्चाको शिखरमा छ । उनको अभिभाभावकले दर्ता गरेको डिभोर्स फाइलका अनुसार १७ वर्षीय स्पाइगेलले अभिभावकसँग मासिक २ हजार डलर भत्ता मागेका थिए ।

स्ट्याण्डफोर्ड विश्वविद्यालयमा सन् २०१३ मा भएको एक सम्मेलनमा स्पाइगेलले परिवारको कारण आफू स्ट्याण्डफोर्डमा भर्ना हुन पाएको र लगत्तै सफ्टवेयर कम्पनी इन्ट्युटमा कामको अवसर पाएको बताएका थिए ।

उनले इनर्जी ड्रिक्स कम्पनी रेडबुलमा इन्टरसिप गरेका थिए । उनले प्रडक्ट डिजाइनमा डिग्री लिनुअघि नै स्न्यापच्याटको लागि पढाई छाडेका थिए ।

यदि स्पाइगल स्न्यापच्याटको देखाउने मुहार हुन् भने अर्का संस्थापक बोबी यसको मस्तिष्क हुन् ।

स्न्यापका २८ वर्षीय टेक्निकल डाइरेक्टरलाई स्न्यापच्याटलाई हिट बनाउने सफ्टवेयर डिजाइनको जस जान्छ ।

बोबीको बारेमा फोब्र्सले प्रकाशित गरेको जानकारीअनुसार उनका अभिभाभवक सान फ्रन्सिस्कोमा सरकारी कर्मचारी थिए । र, बताइएअनुसार बोबीकी आमा फिलिपिनी मूलकी हुन् ।

स्पाइगेल र बोबी स्ट्याण्डफोर्डमा भेटिएका थिए र संयुक्तरुपमा स्न्यापच्याटको स्थापना गरेका थिए । ‘हामीले सोच्यौं कि हेरेपछि डिलिट हुने फोटो बनाउनु राम्रो हुनेछ’, स्ट्याण्डफोर्डमा सन् २०१३ मा भएको सम्मेलनमा स्पाइगेलले भनेका थिए ।

तर, कम्पनीको स्थापनाको क्रममा के भयो भने अर्का एक जना रेगी ब्राउनले आइडिया सेयर गरेपछि स्न्यापच्याट कम्पनीबाट अलग्याइएको भन्दै मुद्दा दाय गरे । उनले स्न्यापच्याटको लोगो र सुरुमा राखिएको पिकाबो नाम आफ्नो आइडिया भएको दाबी गरेका थिए ।

यो मुद्दाको निश्कर्ष बाहिर सार्वजनिक भएको छैन् तर सन् २०१४ मा स्न्यापच्याटले एक नाम सार्वजनिक नगरिएको व्यक्तिलाई १ सय ५७ दशमलब ४ मिलियन डलर पैसा तिरेर बौद्धिक सम्पतिको मुद्दा मिलाएको दाबी गरिएको छ ।

सन् २०१३ मा फेसबुकले ३ बिलियन डलर तिरेर स्न्यापच्याट किन्न खोजेको प्रस्ताव अस्वीकार गरेलगत्तै स्न्यापच्याटले ति नाम नखुलाइएको व्यक्तिलाई त्यति धेरै रकम तिरेका थिए ।

फोब्र्सको अनुमानअनुसार स्पाइगेल र बोबी ४–४ बिलियन डलरका मालिक हुन् ।

सिलिकल भ्यालीको ट्रेण्डअनुसार पब्लिक सेयरमा जाने निर्णयले यी दुवैको कम्पनीमा अधिकार कम हुने छैन् यसले स्वामित्व बाँडफाड मात्रै हुनेछ किनकी सेयर किन्नेहरुलाई भोटिङ राइट हुनेछैन् ।

सन् २०११ मा लञ्च गरिएको पिकाबो नामक मोबाइल एप्लिकेसन्सलाई लगत्तै स्न्यापच्याट नामाकरण गरिएको थियो र लगत्तै यसले किशोर प्रयोगकर्ताको माझ लोकप्रियता कमायो किनभने अर्को प्रयोगकर्तालाई पठाएको फोटो हेर्नेवित्तिकै डिलिट हुने भएपछि उनीहरुलाई भविष्यमा त्यसले कुनै समस्या निम्त्याउला भन्ने डर हुने थिएन् ।

तर, यो सुविधाको साइड इफेक्ट के भयो भने यो यो ‘सेक्सटिङ’ एपको रुपमा लोकप्रिय भयो जसमा किशोर प्रयोगकर्ताहरु आफ्नो संवेदनशील फोटोहरु पठाउन सहज मान्न थाले ।

गत वर्षको अन्त्यतिरको तथ्यांकअनुसार दैनिक एकसय ६१ मिलियन मानिसले दैनिक स्न्यापच्याट चलाउँछन् ।

केही समयअघि मात्रै स्न्यापच्याटले क्यामेरासहितको चश्मा सार्वजनिक गरेको छ । जसले भिडियो क्लिप खिचेर सोझैं स्मार्टफोनको सहयोगमा सोसल मिडियामा सेयर गर्न सक्छ । साथै, कम्पनीले क्यामेरा स्मार्टफोन बनाउने तयारीमा समेत छ ।

स्न्यापच्याटका अधिकांश प्रयोगकर्ता १८ देखि ३४ वर्ष उमेर समूहका छन् ।

प्रकाशित : फाल्गुन २०, २०७३ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?