यस्तो हुनेछ सामसङ ग्यालेक्सी एस एइट

एजेन्सी

काठमाडौं — सामसङले अबको केही समयभित्रै ग्यालेक्सी एस एइट स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
तर, स्मार्टफोन सार्वजनिक हुनुअघि नै त्यसबारे जानकारी लिक गर्न माहिर इभान ब्लासले यसको तस्बिर ट्वीटमार्फत सार्वजनिक गरेका छन् ।

 यस्तो हुनेछ सामसङ ग्यालेक्सी एस एइट

सामसङले अबको केही समयभित्रै ग्यालेक्सी एस एइट स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

तर, स्मार्टफोन सार्वजनिक हुनुअघि नै त्यसबारे जानकारी लिक गर्न माहिर इभान ब्लासले यसको तस्बिर ट्वीटमार्फत सार्वजनिक गरेका छन् ।

उनले तस्बिरलाई सत्य मान्ने हो भने ग्यालेक्सी एस एइटमा फिजिकल बटन हुने छैन् र यसको स्क्रिन ग्यालेक्सी एस सेभेन एजको जस्तै छ । ब्लासको लिकमा अन्य जानकारी समावेश छैन् ।

ग्यालेक्सी नोट सेभेन पड्किने समस्या देखिएर बिक्री बन्द गर्नुपरेपछि सामसङ ग्यालेक्सी एस एइट लञ्च गर्न हतारिएको छ ।

प्रकाशित : फाल्गुन २१, २०७३ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?