३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

नारी दिवसमा टेलिकमको छुट

कान्तिपुर संवाददाता

काठमाडौं — अन्तर्राष्ट्रिय नारी दिवसमा नेपाल टेलिकमले डाटा सेवामा सहुलियत दिने भएको छ । ‘फेसबुक प्याकेज’, ‘डे एन्ड नाइट प्याकेज’ र ‘नाइट डाटा प्याकेज’ योजनाअन्तर्गत यस्तो सहुलियत दिने भएको हो । सहुलियत बुधबारदेखि लागू हुनेछ ।

नारी दिवसमा टेलिकमको छुट

‘फेसबुक प्याकेज’ अन्तर्गत ग्राहकले २२ रुपैयाँ ६० पैसामा पाँच दिनसम्म चौबीसै घण्टा उपभोग गर्न पाउने गरी एक सय मेगाबाइट्स (एमबी) डाटा पाउनेछन् । यसैगरी ‘डे एन्ड नाइट प्याकेज’ अन्तर्गत एक सय रुपैयाँमा राति १० देखि बिहान ६ बजेसम्म ५ सय एमबी र बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म १ सय एमबी डाटा सात दिनसम्म उपभोग गर्न पाउनेछन् । यसैगरी ‘नाइट डाटा प्याकेज’ अन्तर्गत ४५ रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म ५ सय एमबी सात दिनसम्म र ९० रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म १ हजार २ सय एमबी डाटा १५ दिनसम्म चलाउन पाइनेछ ।  

प्रकाशित : फाल्गुन २५, २०७३ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?