कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

टेलिकमले ५१ प्रतिशत लाभांश दिने

काठमाडौं — नेपाल टेलिकमले आफ्ना सेयरधनीलाई मुनाफा रकममध्येबाट ५१ प्रतिशतको दरले नगद लाभांश दिने भएको छ ।

टेलिकमले ५१ प्रतिशत लाभांश दिने

सोमबार राजधानीमा भएको कम्पनीको नवौं साधारणसभाले ५१ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो । साधारणसभाले स्वीकृत गरेपछि टेलिकमका सेयरहोल्डरले मंगलबारदेखि नै लाभांश पाउनेछन् । गत आर्थिक वर्षमा टेलिकमले करपछिको खुद मुनाफा १३ अर्ब ६८ करोड गरेको छ । कम्पनीमा विभिन्न सरकारी निकायको करिब ९२ प्रतिशत सेयर रहेको छ भने बाँकी सेयर सर्वसाधारण एवं कर्मचारीको छ । साधारणसभाले आर्थिक वर्ष २०७२/७३ को लागि सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ । साधारणसभामा बोल्दै कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार सचिव महेन्द्रमान गुरुङले गत वर्ष कम्पनीको राजस्व योगदान ३ दशमलव ६८ प्रतिशतले वृद्धि भएको जानकारी दिएका थिए । यसैगरी ग्राहक १५ दशमलव ६५ प्रतिशतले ग्राहक बढेको जानकारी उनले दिए ।

गुरुङले सेवा विस्तारलाई नाफामूलक क्षेत्रहरूमा मात्र सीमित नराखी अति विकट तथा दुर्गम क्षेत्रमा समेत निरन्तरता दिइने जानकारी दिए । कम्पनीबाट सञ्चालित आयोजना तोकिएको समयमा सम्पन्न गर्ने उद्देश्यले आयोजना कायान्र्वयनको अनगुमन प्रणालीलाई प्रभावकारी बनाइने गुरुङले बताए । तोकिएको अवधिभित्र आयोजना सम्पन्न गर्ने सम्बद्ध पक्षहरूलाई पुरष्कृत गर्ने र नियतवश ढिलाइ गर्नेलाई दण्ड जरिवाना गर्ने व्यवस्था मिलाइने उनले जानकारी दिए ।

प्रकाशित : चैत्र १, २०७३ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?