कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

ओप्पोद्वारा सेल्फी एक्स्पर्ट एफथ्री प्लस सार्वजनिक

नेपालमा शुक्रबादेखि प्रि बुकिङ सुरु

काठमाडौं — स्मार्टफोन ब्राण्ड ओप्पोले नयाँ सेल्फी एक्स्पर्ट एफथ्री प्लस सार्वजनिक गर्दै ग्रुप सेल्फी ट्रेन्डको सुरुवात गरेको छ । सार्वजनिक गरिएको एफथ्री प्लसमा ब्राण्डको पहिलो डुअल सेल्फी क्यामेरा समाहित गरिएको छ ।पहिलो चरणअन्तर्गत भारत लगायत ईन्डोनेसिया, फिलिपिन्स, भियतनाम र म्यानमारमा कार्यक्रम आयोजना गरी कम्पनीले नयाँ फोन सार्वजनिक गरेको हो ।

ओप्पोद्वारा सेल्फी एक्स्पर्ट एफथ्री प्लस सार्वजनिक

स्मार्टफोन ब्राण्ड ओप्पोले नयाँ सेल्फी एक्स्पर्ट एफथ्री प्लस सार्वजनिक गर्दै ग्रुप सेल्फी ट्रेन्डको सुरुवात गरेको छ ।

सार्वजनिक गरिएको एफथ्री प्लसमा ब्राण्डको पहिलो डुअल सेल्फी क्यामेरा समाहित गरिएको छ ।पहिलो चरणअन्तर्गत भारत लगायत ईन्डोनेसिया, फिलिपिन्स, भियतनाम र म्यानमारमा कार्यक्रम आयोजना गरी कम्पनीले नयाँ फोन सार्वजनिक गरेको हो । कम्पनीले यसमा १ सय २० डिग्री वाइड एङ्कलसहितको ग्रुप सेल्फी क्यामेरा उपलब्ध गराएको जनाएको छ ।

कार्यक्रममा ओप्पोका लागि नयाँ ब्राण्ड एम्बेसेडर यूथ आइकन तथा बलिउड स्टार दीपिका पादुकोण र फोटोग्राफर डब्बु रत्नानीले आफ्नो सेल्फी अनुभव पनि साटेका थिए । फोनको बिक्रीका लागि कम्पनीले नेपाली बजारमा मार्च २४ शुक्रबारदेखि प्रि बुकिङ सुरु गरेको छ । ओप्पो एफथ्री प्लसले डुअल सेल्फी फ्रण्ट क्यामेरामार्फत उत्कृष्ट गुणस्तरीय सेल्फी लिन सघाउने कम्पनीको दाबी छ ।

कम्पनीले नयाँ फोनमा सेल्फीका लागि १६ मेगा पिक्सेल क्षमतासहितको क्यामेराका साथै ग्रुप सेल्फीका लागि १ सय २० डिग्री वाइड एङ्गल लेन्स उपलब्ध गराएको छ । कम्पनीले फोनमा उपलब्ध गराएको रियर क्यामेरा सोनीसागको सहकार्यमा विकास गरेको हो । यसमा उपलब्ध गरिएको कस्टमाइज्ड आईएमएक्स३९८ सेन्सर सिरियर फोटोग्राफी लक्षित रहेको छ । कार्यक्रममा ग्लोबल भीपी तथा ओप्पो ईन्डियाका अध्यक्ष स्काई लीले भने ‘हाम्रो ब्राण्ड दक्षिणपूर्वी एसिया तथा विश्वका अन्य क्षेत्रमा तीव्र गतिमा वृद्धि हासिल गरिरहेको छ ।’

प्रकाशित : चैत्र ११, २०७३ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?