१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

भायनेटको ‘खोजेकै यही हो’ अफर

काठमाडौं — भायनेट कम्युनिकेसन्सले नयाँ वर्ष २०७४ लाई लक्षित गरी आफ्ना उपभोक्ताहरूका लागि ‘खोजेकै यही हो’ अफर बजारमा ल्याएको छ । यस अफरअन्तर्गत ग्राहकले भायनेटको इन्टरनेट र नेट टीभीको मज्जा एकैसाथ एउटै कम्बोमा लिन सक्ने कम्पनीले जनाएको छ ।

भायनेटको ‘खोजेकै यही हो’ अफर

 

वार्षिक ग्राहकका लागि १२ सय ८५ रुपैयाँमा उपलब्ध यस कम्बोमा २ एमबीपीएस स्पिडको इन्टरनेटका साथै कुल १ सय २१ वटा च्यानल भएको नेट टीभीको मज्जा लिन सक्ने जारी विज्ञप्तिमा छ । ३९ वटा एचडी र ८२ वटा एसडी च्यानल भएको यस नेट टीभीमा ७ दिनसम्म अटोमेटिक च्यानल रेकर्ड हुने र उक्त रेकर्ड भएको च्यानलहरूलाई आफूले चाहेको बेला हेर्न सकिने कम्पनीले जनाएको छ । 

काठमाडौं, ललितपुर र भक्तपुरमा का सबै क्षेत्रमा भायनेटको फाइबर कभरेज रहेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित : चैत्र २८, २०७३ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?