कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वर्ल्डलिंकको ‘१०० जीबीपीएस’

काठमाडौं — वर्ल्डलिंकले तीन प्रमुख अमेरिकन कम्पनीहरू जुनिपर नेटवर्क, नोकिया नेटवर्क तथा सिस्को सिस्टमसँगको सहकार्यमा नेपालमा पहिलोपटक ‘१०० जीबीपीएस’ भन्दा बढी क्षमताको आन्तरिक नेटवर्क काठमाडौं उपत्यका तथा देशका प्रमुख सहरमा विस्तार थालेको छ ।

कम्पनीका अनुसार सन् २०२० सम्म नेपालका १० लाख घरमा विश्वस्तरीय ‘फाइबर टु द होम (एफटीटीएच) नेटवर्क सेवाको विस्तार गर्ने योजना छ । 

इन्टरनेट सेवा तथा इन्टरनेट प्रोटोकलका माध्यमद्वारा प्रदान गरिने अत्याधुनिक प्रविधिमा आधारित टेलिभिजन सेवा (आईपीटीभी) प्रदान गर्ने लक्ष्य पनि कम्पनीको रहेको जारी विज्ञप्तिमा छ । ‘एफटीटीएच’ सेवा घर–घरमा पुर्‍याउने लक्ष्यका साथ क्लाइन्ट इन्ड अप्टिकल नेटवर्क टर्मिनल (ओएनटीएस) तथा अप्टिकल लाइन टर्मिनल (ओएलटी) का लागि नोकिया नेटवर्कसँग सम्झौता भइसकेको जनाएको छ । 
वर्ल्डलिंकले नेट टीभीसँगको सहकार्यमा ४० भन्दा बढी एचडी च्यानलसहितको गुणस्तरीय ‘आईपीटीभी’ सेवा, एक साता पुरानो रेकर्डेड कार्यक्रम हेर्न पाउने व्यवस्थाका साथै मोबाइल, ट्याब्लेट तथा ल्यापटपजस्ता फरक–फरक स्क्रिनमा पनि हेर्न सकिने गरी अरू गलोबल ओभर द टप कन्टेन्ट (ओटीटी) सेवाको विस्तार गरेको विज्ञप्तिमा छ । नयाँ वर्ष ०७४ का अवसरमा हालको कम क्षमताको इन्टरनेट ग्राहकहरूको ब्यान्डविथ नि:शुल्क वृद्धि गर्दै नयाँ उच्च गतिका प्याकेजहरू बजारमा ल्याएको छ ।

प्रकाशित : वैशाख ५, २०७४ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?