कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेरो टीभी डेढ वर्षभित्र डिजिटल प्रविधिमा रुपान्तरण हुने

काठमाडौं — स्वदेशी लगानीमा भर्खरै सुरु भएको मेरो टीभीले उपभोक्तालाई सहुलियत दरमा आफ्ना सुविधा दिने तयारी थालेको छ । डिभाइन स्ट्रिम नेटवर्कमार्फत सञ्चालित मेरो टीभीले अहिले उत्कृष्ट गुणस्तरको पिक्चर तथा साउन्डसहितको दुई सयभन्दा बढी राष्ट्रिय र अन्तर्रास्ट्रिय च्यानलहरु वितरण गरिरहेको भन्दै छिट्टै डिजिटल टीभी र इन्टरनेट सेवा विस्तार गर्ने जनाएको छ ।

मेरो टीभी डेढ वर्षभित्र डिजिटल प्रविधिमा रुपान्तरण हुने

मेरो टीभीले अहिले विभिन्न प्याकेजअन्तर्गत सुलभ मूल्यमा ५० भन्दा बढी एचडी क्‍वालिटीका च्यानलहरु तथा १ सय ५० भन्दा बढी स्ट्याण्डर्ड क्‍वालिटीका डिजिटल च्यानलहरु उपलब्ध गराइरहेको छ । पहिलो चरणमा काठमाडौं, ललितपुर, पोखरा, नेपालगञ्ज लगायत मुख्य सहरलाई प्राथमिकतामा राखेर सेवा दिइरहेको उक्त टीभीले देशका अन्य जिल्लामा पनि चाँडै सेवा विस्तार गर्ने बताएको छ ।

दोस्रो चरणअन्तर्गत आगामी कार्तिक १५ सम्ममा उपमहानगरपालिका र नगरपालिका क्षेत्रभित्र र त्यसको एकवर्षभित्र देशभर आफ्नो सेवा डिजिटल प्रविधिमा रुपान्तरण गरिसक्ने मेरो टीभीले दाबी गरेको छ । विरगञ्ज, दाङ, सुर्खेत र धनगढीमा सेवा विस्तारको तयारी अन्तिम चरणमा पुगिसकेको पनि डिभाइन स्ट्रिम नेटवर्कले जनाएको छ ।

मेरो टीभीले ३ हजारदेखि ४ हजार ५ सय पर्ने डिजिटल सेट टप बक्स ग्राहकहरुलाई नि:शुल्क उपलब्ध गराइरहेको छ ।

प्रकाशित : वैशाख ५, २०७४ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?