२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सामसङ ग्यालेक्सी एस ८ र एस ८ प्लस बजारमा

काठमाडौं — सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी एस ८ र एस ८ प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ । बुधबार राजधानीमा एक कार्यक्रममार्फत यी दुई स्मार्टफोन सार्वजनिक गरिएका हुन् । उक्त स्मार्टफोन सर्वसाधारणले वैशाख २२ गते खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

सामसङ ग्यालेक्सी एस ८ र एस ८ प्लस बजारमा

बुकिङका लागि भने बुधबारदेखि नै खुला गरेको सामसङ नेपालका आईएम बिज प्रमुख प्रणयरत्न स्थापितले बताए ।

नेपाली बजारमा एस ८ को मूल्य ८८ हजार ९ सय रुपैयाँ र एस ८ प्लसको ९८ हजार ९ सय रुपैयाँ तोकिएको छ । ग्यालेक्सी एस ८ को स्क्रिन ५.८ को रहेको छ भने ग्यालेक्सी एस ८ प्लसमा ६.२ इन्चको ‘इन्फिनिटी डिस्प्ले’ रहेको छ ।

दुवै स्मार्टफोनमा डिस्प्ले आकर्षक बनाउन गोरिल्ला ग्लासको प्रयोग गरिएको छ । पानी र धूलो छिर्न नसक्ने गरी तयार गरिएको एस ८ मा तीन हजार एमएएच र एस ८ प्लसमा ३५ सय एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

फोनमा फ्रन्ट क्यामरा ८ मेगापिक्सल र पछाडिको क्यामेरा १२ मेगापिक्सल रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसले खिचेको फोटोको सार्पनेस र कन्ट्रास्ट अझै राम्रो हुनेछ । यी दुवै फोनको सेन्ट्रल प्रोसेसिङ युनिट (सीपीयू) १२ प्रतिशत र ग्राफिपिक प्रोसेसिङ युनिट (जीपीयू) २१ प्रतिशत रहेको जनाएको छ । दुवै फोनले हाई डाइनामिक रेन्ड (एचडीआर) लाई सपोर्ट गर्छ । यसमा भिडियोको गुणस्तर राम्रो छ । यी दुवै फोनलाई एकै हातले चलाउन सकिने कम्पनीले जनाएको छ । स्मार्टफोन खरिदमा आठ महिनाको लागि ८ जीबीको डाटा प्याकको पनि सुविधा दिइएको छ ।

एनसेलसँगको सहकार्यमा प्रत्येक महिना १ जीबीका दरले आठ महिनासम्म ८ जीबी डाटा उपलब्ध गराउन लागिएको स्थापितले बताए । ६ महिनासम्मका लागि बिमाको पनि व्यवस्था गरेको छ । ‘शिखर इन्सुरेन्सको साझेदारीमा ६ महिनाको ब्रेकेज इन्सुरेन्स र विभिन्न बैंकको सहकार्यमा ६ महिने ईएमआई प्रदान गरिन्छ,’ स्थापितले भने ।

प्रकाशित : वैशाख ७, २०७४ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?