१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

एनसेलले ल्यायो नयाँ डेटा प्याक

काठमाडौं — एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिमअन्तर्गत नयाँ डेटा प्याकहरू बजारमा ल्याएको छ । एनसेलका सबै ग्राहकहरूले अब अझै बढी डेटा भोलुमका साथ विभिन्न समयावधिका डेटा प्याकहरूको मजा लिन सक्ने यो थिमको उद्देश्य रहेको जारी विज्ञप्तिमा छ ।

एनसेलले ल्यायो नयाँ डेटा प्याक

कम्पनीका अनुसार डेटा सेवा अब न्यूनतम ६ पैसाप्रति एमबीसम्मको आकर्षक मूल्यमा र दुई गुणा भोल्युलको ‘डे प्याक’ तथा चार गुणा भोल्युमको नाइक प्याक ल्याइएको छ । नयाँ डेटा प्याकहरू बिहीबारदेखि लागू भएको कम्पनीले जनाएको छ ।

एनसेलका अनुसार अल टाइम डेटा प्याकअन्तर्गत ग्राहकले १० रुपैयाँमा २५ एमबी, २० रुपैयाँमा ६० एमबी, १०० रुपैयाँमा ३०० एमबी, १५० रुपैयाँमा ६०० एमबी र २५० रुपैयाँमा १२०० एमबी डेटा खरिद गर्न सक्नेछन् ।

प्रकाशित : वैशाख ८, २०७४ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?