१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

डिजिटल हाजिरी बन्द

म्याग्दी — जिल्लाको जेठो शिक्षालय म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापकहरू विद्युतीय हाजिरी मेसिन थन्क्याएर पुन: रजिस्ट्ररमा हाजिरी गर्न थालेका छन् । समय व्यवस्थापन र कर्मचारी नियमन गर्न विभिन्न कार्यालयमा विद्युतीय हाजिरी मेसिन जोड्ने लहर चलेका बेला समय छल्न र हाजिरी लुकाउन क्याम्पस प्रशासनले नयाँ वर्षदेखि विद्युतीय हाजिरी (फिंगर प्रिन्ट सिस्टम प्रयोग) विस्थापन गरेको हो ।

 

‘डिजिटल हाजिरी सिस्टमको फिंगर प्रिन्टलाई पुरै बन्द गरेका छैनौं । दोहोरो हाजिरी गर्न रजिस्ट्ररमा पनि हाजिर गर्न थालेका हौं,’ सहायक क्याम्पस प्रमुख रेखा रेग्मीले भनिन्, ‘नियमित इन्टरनेट र बिजुलीको समस्याले चाहेका बेला डिजिटल हाजिर प्रिन्ट गर्न समस्या भयो ।’ प्रध्यापक–कर्मचारीहरू समयमा क्याम्पस नआउने, नियमित कक्षा नलिने तर, एकमुष्ठ हाजिर मिलाउने र काज मिलाएर भत्ता खानेजस्ता विकृति बढेपछि नियमन गर्न क्याम्पस सञ्चालक समितिले ३ वर्षअघि विद्युतीय हाजिरी प्रणाली जोडेको थियो । म्याग्दीमा जिल्ला प्रशासन, अदालत, जिससको कार्यालय, नगरपालिका, अस्पताल, शिक्षा र निर्वाचनलगायत अधिकांश कार्यालयमा डिजिटल हाजिरी पद्धति छ । स्रोतका अनुसार क्याम्पस प्रमुख र व्यवस्थापन समितिको भूमिका कमजोर देखिएको र आफूअनुकूल भएलगत्तै प्राध्यापक–कर्मचारीले डिजिटल हाजिरीलाई बन्द गरी ‘एनालग सिस्टम’ को ‘हाते रजिस्ट्रर’ सुरु गरेका हुन् ।

हाजिरी नियमित गर्ने, आफ्नो मासिक शुल्कको रेकर्ड, मार्कसिट र क्याम्पसका हरेक गतिविधि इन्टरनेट तथा एसएमएसका माध्यमबाट विद्यार्थी र अभिभावकले घरबाटै हेर्न मिल्ने भनि विश्वविद्यालय अनुदान आयोगले ३ लाख रुपैयाँ खर्च गरी जडान गरिएको पाठशाला सफ्टवेयर पनि क्याम्पसले सञ्चालनमा ल्याएको छैन । 

प्रकाशित : वैशाख १७, २०७४ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?