३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

आईडीसीको सर्वेक्षणमा ओप्पो चौथौं स्थानमा

काठमाडौं — इन्टरनेसनल डाटा कर्पोरेसन (आईडीसी)ले सन् २०१७को पहिलो त्रैमासिकका लागि स्मार्टफोन अनुगमन नतिजा प्रकाशित गरेको छ । आईडीसीद्वारा प्रस्तुत डाटाकाअनुसार विश्व बजारमा २५ दशमलव ६ मिलियन बिक्री परिमाण (सेल्स भोल्यूम) र २९ दशमलव ८ प्रतिशत इयर अन इयर ग्रोथका साथ ओप्पो सन् २०१७को पहिलो त्रैमासिकमा चौथौं स्थानमा रहेको छ ।

आईडीसीको सर्वेक्षणमा ओप्पो चौथौं स्थानमा

 आईडीसीद्वारा प्रस्तुत प्रतिवेदनमा चिनियाँ बजारमा बलियो उपस्थितिका लागि ओप्पोको मध्यम वर्गीय र क्यामेरा केन्द्रित आरनाइन एसले विशेष भूमिका खेलेको उल्लेख छ । त्यसैगरी, बाहिरी बजारमा समेत ओप्पोको वृद्धिदर निकै राम्रो रहेको प्रतिवेदनले जनाएको छ । एसियाका अन्य भाग तथा मध्यपूर्व र अफ्रिकी क्षेत्रमा समेत ओप्पोको बलियो बिक्री सञ्जालमार्फत आफ्नो उपस्थिति जनाउन सफल हुँदै गएको छ । भारतीय बजारको  ‘एबोभ द लाइन’ तथा ‘बिलो द लाइन’ क्रियाकलापमा समेत ओप्पो निकै आक्रामक तरिकाले लागि परेको कम्पनीको दाबी छ । 

प्रकाशित : वैशाख १७, २०७४ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?