अनलाइनबाट बस टिकट

कान्तिपुर संवाददाता

बुटवल — पश्चिम नेपाल बस व्यवसायी संघले अनलाइनमार्फत बस टिकट लिन मिल्ने सेवा सुरुवात गरेको छ । सुपर एसी, डिलक्स, एसी र डिलक्स गाडीका लागि अनलाइनबाट टिकट काट्न थालेको हो । यात्रुको सुविधाका लागि अनलाइन टिकटको व्यवस्था भएको अध्यक्ष दधिराम खरेलले बताए ।

‘यात्रुहरूले घरमै बसी बसी टिकट काटेर पायक पर्ने ठाउँबाट बस चढ्न सक्छन,’ उनले भने,‘यात्रुको सन्तुष्टि नै हाम्रो सम्पत्ती हो ।’

प्रकाशित : जेष्ठ २३, २०७४ ०९:४८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कागती बिरुवा वितरण

कान्तिपुर संवाददाता

काभ्रे — विश्व वातावरण दिवसको सन्दर्भ पारेर पाँचखालको आर्थिक विकास बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यलाई २५ सय कागतीका बिरुवा वितरण गरेको छ । वातावरण संरक्षण र आयआर्जनमा समेत सहयोग पुग्ने हेतुले बिरुवा वितरण गरेको संस्थाले जनाएको छ ।

दिवसकै सन्दर्भ पारेर जिल्ला समन्वय समित लगायतका विभिन्न संघसंस्थाले प्रभातफेरि लगायतका कार्यक्रम गरेका थिए ।

 

प्रकाशित : जेष्ठ २३, २०७४ ०९:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT