१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

नोकियाको स्मार्ट पुनरागमन

कान्तिपुर संवाददाता

काठमाडौं — सन् १९९० को दशकदेखि फिचर फोन निर्माण गरेर लोकप्रिय बन्न पुगेको नोकियाले ४ वर्षको विश्रामपछि स्मार्टफोनको नयाँ शृंखलाका साथ पुनरागमन गरेको छ। सीडीएमए, जीएसएम र डब्लू–सीडीएमए निर्माणमा ख्याति कमाएको फिनल्यान्डको बहुराष्ट्रिय सञ्चार कम्पनी नोकियाले केही समयअघि स्मार्टफोन सार्वजनिक गरेको हो।

नोकियाको स्मार्ट पुनरागमन

अब नेपालमा पनि नोकिया स्मार्टफोन पाइने भइसक्यो। नेपालमा यसको बिक्री तथा वितरण प्रवद्र्धनको जिम्मा पारामाउन्ट इलेक्ट्रोनिक्सले पाएको छ। पारामाउन्टले नोकियाका सबैखाले सुविधा दिनेछ। पारामाउन्ट इलेक्ट्रोनिक्स नेपालका लागि यसअघिको पनि नोकियाको आधिकारिक बिक्रेता हो। स्मार्टफोन आइसकेपछि उसले अब नेपाली बजारमा नोकिया–३, नोकिया–५ र नोकिया–६ स्मार्टफोन र अविस्मरणीय नोकिया ३३१० उपलब्ध गराएको छ।

यी मोडलका सेटमा दुईवटा सिम स्लट छन्। नोकिया स्मार्टफोनमा विश्वव्यापी रूपमा रुचाइएको एन्ड्रोइड न्युगट अपरेटिङ सिस्टम छ। जसका कारण प्रयोगकर्ताले गुगलबाट अपरेटिङ सिस्टम अपडेट गर्नेबित्तिकै नयाँ–नयाँ फिचरको मजा लिन सक्छन्।

समान विशेषताका अरू फोनभन्दा नोकिया स्मार्टफोन सस्तो रहेको पारामाउन्टको दाबी छ। नोकिया–३ को बजार मूल्य १५ हजार ६ सय ५० रुपैयाँ, नोकिया–५ को २१ हजार ३ सय ५० रुपैयाँ र नोकिया–६ को २५ हजार ६ सय रुपैयाँ छ।

नोकिया–३ मोबाइलमा ५ इन्चको एचडी डिस्प्ले छ। यसमा सेन्ट्रल प्रोसेस युनिट (सीपीयू) क्वाडकोर १.३ गिगाहर्ज, २ जीबी र्‍याम, १६ जीबी इन्टरनल स्टोरेज छ। यसमा ८ मेगापिक्सेलको रियर (पछाडिको) क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा, प्योर एन्ड्रोइड न्युगट ओएस ७ र २६३० एमएएच ब्याट्री राखिएको छ।

यस्तै नोकिया–५ मोबाइल ५ दशमलव २ इन्च एचडी डिस्प्ले, सेन्ट्रल प्रोसेस युनिट (सीपीयू) क्वालाकम स्नापड्रागन ओक्टा कोर १ दशमलव ४ गिगाहर्ज, २ जीबी र्‍याम, १६ जीबी इन्टरनल स्टोरेज, पूरै आल्मुनियम बडीे छ।

यसमा पछाडि १३ मेगापिक्सेलको रियर क्यामेरा, फ्रिङ्गर प्रिन्ट स्क्यानर र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ। यसमा प्योर एन्ड्रोइड न्युगट ओएस ७.१.१ र ३ हजार एमएएचको ब्याट्री छ।

नोकिया–६ का विशेषताहरू निकै प्रभावपूर्ण छन्। यसमा ५ दशमलव ५ इन्च फुल एचडी डिस्प्ले, स्नापड्रागन ४३० चिपसेट, सेन्ट्रल प्रोसेस युनिट (सीपीयू) ओक्टा कोर १.४ गिगाहर्ज, ३ जीबी र्‍याम र ३२ जीबी इन्टरनल स्टोरेज छ। यसको पनि पूर्ण आल्मुनियम बडीले गर्दा यो निकै आकर्षक देखिन्छ। यसमा ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा र १६ मेगापिक्सेलको रियर क्यामेरा साथै फ्रिङ्गर प्रिन्ट स्क्यानर, प्योर एन्ड्रोइड न्युगट ओएस ७.१.१ र ३ हजार एमएएच ब्याट्रीलगायतका विशेषताहरू छन्।
नोकियाले आफ्नो सुरुवाती मोडल ३३१० पनि बजारमा ल्याएको छ। स्मार्टफोनसँगै उसले आफ्नो पुरानो लोकप्रिय फिचर फोन पनि ल्याएको हो।

यति मात्रै होइन नेपालमा नोकियाले आधिकारिक नोकिया केयर सेन्टर पनि विस्तारित गरेको छ।
नोकिया फोन ९० को दशकदेखि नै अति लोकप्रिय र चिरपरिचित ब्रान्ड हो। ४ वर्षको अन्तरालपछि नोकियाले पुन: आगमन घोषणा गरेलगत्तै विश्वव्यापी रूपमा नोकिया फोनको माग बढेको छ। नोकियाले चाँडै नै उच्चतम प्रविधियुक्त नोकिया ८ पनि ल्याउने जनाएको छ।

नोकिया–३

  • सिम स्लट– २
  • नेटवर्क जीएसएमरएचएसपीएरएलटीई
  • ५ इन्चको एच्डी डिसप्ले
  • सीपीयू क्वाडकोर १.३ गिगाहर्ज
  • २ जीबी ‍र्‍याम
  • १६ जीबी इन्टरनल स्टोरेज
  • ८ मेगापिक्सेलको रियर क्यामरा
  • ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा
  • ओएस– प्योर एन्ड्रोइड (न्युगट) ७
  • २६३० एमएएच ब्याट्री

नोकिया–५

  • सिम स्लट– २
  • नेटवर्क– जीएसएमरएचएसपीएरएलटीई
  • डिस्प्ले– ५.२ इन्च एचडी
  • सीपीयू– क्वालाकम स्नापड्रागन ओक्टा कोर १ दशमलव ४ गिगाहर्ज
  • र्‍याम –२ जीबी
  • इन्टरनल मेमोरी– १६ जीबी
  • आल्मुनियम बडी
  • पछाडिको क्यामरा– १३ मेगापिक्सेल
  • अगाडिको क्यामरा– ८ मेगापिक्सेल
  • फ्रिङ्गर प्रिन्ट स्क्यानर
  • ओएस– प्योर एन्ड्रोइड (न्युगट) ७.१.१
  • ब्याट्री–३ हजार एमएएच

नोकिया–६

  • सिम स्लट– २
  • डिस्प्ले –५.५ इन्च फुल एचडी
  • सीपीयू– ओक्टा कोर १.४ गिगाहर्ज
  • र्‍याम–३ जीबी
  • इन्टरनल मेमोरी–३२ जीबी
  • बडी– पूर्ण आल्मुनियम
  • अगाडिको क्यामरा–८ मेगापिक्सेल फ्रन्ट क्यामेरा
  • पछाडिको क्यामरा–१६ मेगापिक्सेल
  • फ्रिङ्गर प्रिन्ट स्क्यानर
  • ओएस– प्योर एन्ड्रोइड (न्युगट) ७.१.१
  • व्याट्री– ३ हजार एमएएच

प्रकाशित : श्रावण २०, २०७४ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?