३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

माइक्रोम्याक्सले ल्यायो चार नयाँ फोन

काठमाडौं — माइक्रोम्याक्सले चारवटा नयाँ मोबाइलहरू सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका मोबाइलहरूमा ‘एक७३०’, ‘एस७४०’, ‘क्यू३००१’ र ‘क्यू३३०१’ रहेको कम्पनीले जनाएको छ ।

माइक्रोम्याक्सले ल्यायो चार नयाँ फोन

तीमध्ये पहिलो दुई फिचर फोनहरू हुन् भने बाँकी दुई बोल्ट सिरिजको स्मार्टफोनहरू भएको जारी विज्ञप्तिमा उल्लेख छ । ‘एक्स७३०’ मा २.४ इन्चको स्क्रिन, डिजिटल क्यामरा, ८ जीबीसम्म विस्तार गर्न सकिने मेमोरी, दुई सिमसहितको फिचर र मूल्य १ हजार ८ सय ९२ रुपैयाँ राखिएको कम्पनीले जनाएको छ । माइक्रोम्याक्सका अनुसार २ हजार ३५ रुपैयाँमा पाइने ‘एक्स७४०’ मा २.४ इन्चको स्क्रिन अगाडि र पछाडि भीजीए क्यामेरा, विस्तार गर्न सकिने मेमोरी र दुई सिम राख्न सकिन्छ । ‘क्यू३००१’ मा १.२ गिगाहर्जको क्वाड कोर प्रोसेसर तथा ५१२ एमबी र्‍याम रहेको र मूल्य ५ हजार ६० रुपैयाँमा बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसैगरी ‘क्यू३३०१’ मा पनि त्यत्ति नै गिगाहर्जको क्याड कोर प्रोसेर तथा एमबीको रहेको र मूल्य ५ हजार ७ सय २० रुपैयाँ तोकिएको कम्पनीको विज्ञप्तिमा छ । 

 

प्रकाशित : भाद्र १२, २०७४ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?