कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

ओप्पोको ‘ए ३७’ को ब्ल्याक एडिसन

काठमाडौं — ओप्पोले नेपाली उपभोक्ताका लागि आफ्नो सेल्फी एक्स्पर्ट ‘ए३७’ लाई कालो रङमा बजारमा उपलब्ध गराएको छ । सार्वजनिक गरिएको नयाँ एडिसनमा परिष्कृत कलर ओएस ३.० का साथै २ उच्च कार्यसम्पादन क्षमतासहितका क्यामेरा पनि जडान गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

ओप्पोको ‘ए ३७’ को ब्ल्याक एडिसन

कम्पनीका अनुसार यो सेटको मूल्य १५ हजार ५ सय ९० रुपैयाँ निर्धारण गरिएको छ । ओप्पो ए३७को उपलब्धताको घोषणा गर्दै ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने, ‘हामी ओप्पो ए३७लाई नयाँ आकर्षक कालो रङमा उपलब्ध गराउन पाउँदा निकै हर्षित छौं ।’ फोनमा रहेको ५ मेगा पिक्सेल क्षमताको फ्रन्ट क्यामेरामा १/४ इन्च सेन्सर र आफ्नो मूल्य श्रेणीमै सर्वाधिक ठूलो १/४ म्युएम पिक्सेलसहितको ओम्निबीएसआई+ (ब्याकसाइड इल्लुमिनेसन) उपलब्ध गराएको जारी विज्ञप्तिमा उल्लेख छ । यसले प्रकाश संवेदनशीलता बढाई फोटोमा न्वाइज घटाउन उल्लेख्य मात्रामा सघाउने दाबी गरिएको छ । 

 

प्रकाशित : भाद्र १२, २०७४ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?