सुजुकीको ‘डबल मज्जा’

कान्तिपुर संवाददाता

काठमाडौं — जापानी मोटर कम्पनी सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटो कर्पले ‘पर्वोत्सव’योजनाअन्तर्गत ‘डबल मज्जा’अफर ल्याएको छ ।

सुजुकीले पर्वोत्सव योजनाअन्तर्गत ‘डबल मज्जा’ अफर ल्याएको छ । कम्पनीले अटो सोमा इग्निस र डिजायर गरी दुई नयाँ मोडल सार्वजनिक गर्दै आफ्ना सबै गाडीहरूमा उक्त अफर उपलब्ध गराएको जारी विज्ञप्तिमा छ ।

बिक्रेता सीजी मोटोकर्पले नाडा सोमा स्टल नम्बर एच १ बाट यो सेवा उपलब्ध गराएको र देशभरिकै सुजुकी सोरुमबाट यो अफर प्राप्त हुने जनाएको छ । ‘डबल मज्जा’ अन्तर्गत ग्राहकले ६ लाख रुपैयाँसम्म नगद छुट, ५० हजारसम्म सटही बोनस, १ लाख रुपैयाँसम्म अतिरिक्त स्क्याच कुपन, २ वर्षसम्मका लागि नि:शुल्क इन्स्योरेन्स सुविधा, रोड टयाक्स र रजिस्ट्रेसन नि:शुल्क उपलब्ध गराउने जारी विज्ञप्तिमा छ ।

प्रकाशित : भाद्र १४, २०७४ १२:२३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एकीकृत बस्ती निर्माण गर्न श्वेता फाउन्डेशनलाई २० लाख सहयोग

अनिश तिवारी

सिन्धुपाल्चोक — चौतारा साँगाचोकगढी नगरपालिका झ्याडीगाउँमा निर्माण भइरहेको एकीकृत बस्तीको लागि बंगलादेशस्थित ढाका क्लबले २० लाख सहयोग गरेको छ ।

अभिनेत्री श्वेता खड्काको पहलमा स्थापित संस्था श्वेता श्री फाउन्डेशनलाई ढाका क्लबका प्रमुख जाहिर आलिमले सो रकमको चेक हस्तान्तरण गरेका हुन् । उनले श्वेता श्री फाउन्डेशनले बस्ती बनाउन लागेको नभई सबै माझी समुदाय मिलेर एउटा विकसित सहरको रुपमा झ्याडीगाउँलाई विकास गर्ने योजना रहेको सुनाए । 
 
पहिलोचोटी बंगलादेशबाट सिन्धुपाल्चोक पाइला टेकेका आलिमका दम्पती माझीगाउँदेखि इन्द्रावती नदीको सुन्दरता देखेर हर्षित भएका थिए । भूकम्पले तहसनहस भएको झ्याडीगाउँ ५६ एकीकृतमा १० नमुना आवासको निर्माण कार्य अगाडि बढिसकेको छ । तीन वर्षदेखि खुल्ला र थोत्रो पाल टहरामा आश्रय लिएर बसिरहेका माझी परिवारलाई दसैं अगाडि घर दिने अभियानमा लागेको अभियन्ताहरुले बताएका छन् । 
 
चौसागढी नगरपालिकाका जनप्रतिनिधिले सडकको समस्या समाधान गर्ने प्रतिबद्धता अझै पूरा नगरेकाले यो समस्या झनै थपिएको स्थानीयको भनाइ छ । फाउन्डेशनका अध्यक्ष अभिनेत्री श्वेता खड्का फिल्म ‘कान्छी’को छायांकनमा व्यस्त भइरहेकाले आउन नसकेको जानकारी गराइएको थियो ।

प्रकाशित : भाद्र १४, २०७४ १२:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT