कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नेपालमै निर्मित रोबोट सशस्त्र प्रहरीलाई हस्तान्तरण

एलपी देवकोटा

काठमाडौं — नेपाली युवा वैज्ञानीकहरुले तयार पारेको सर्भेलेन्स रोबोट सशस्त्र प्रहरीलाई हस्तान्तरण गरेका छन् । मंगलबार हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा युवाहरुले सशस्त्र प्रहरी प्रमुख सिंहबहादुर श्रेष्ठलाई उक्त रोबोट हस्तान्तरण गरेका हुन् ।

नेपालमै निर्मित रोबोट सशस्त्र प्रहरीलाई हस्तान्तरण



आफ्नै खर्चमा निमार्ण गरेको रोबोट विपतका बेला सशस्त्र प्रहरीलाई काम लाग्छ भनी दिएको निर्माण टोलिका सदस्य विमलकुमार बोहोराले वताए । ‘विपतका बेला सशस्त्र प्रहरी जनतासंग प्रत्यक्ष सरोकार राख्ने निकाय भएकाले हामीहरुले तयार गरेको रोबोट हस्तान्त्रण गरेका हौं,’ उनले भने, ‘अब नेपाली सेना र सशस्त्र प्रहरी बलले महंगोमा विदेशबाट रोबोट किनेर ल्याउनु पर्दैन होला । नेपाली युवाहरुले नै नेपालमै अत्याधुनिक प्रविधिसहितको रोबोट निर्माण गर्नसक्छौं । तर यसमा सबै सरोकारवाला निकायको सहयोग र हौसला आवश्यक रहेको छ ।’

रोबोट निर्माण टोलिमा विमलकुमार बोहोरा, यज्ञप्रसाद देवकोटा र गणेश विक्रम सिंह आले मगर रहेका छन् । २ सय मिटर दुरीसम्म वायरलेस अपरेट गर्न सकिने यो रोबोटले विपतस्थल, घटनास्थल र शंकास्पद वस्तुका स्थितिका बारेमा जानकारी लिन मद्दत पुग्ने छ ।


सशस्त्र प्रहरीलाई आवश्यक पर्ने रोबोट उपलब्ध गराएकोमा जिविएस टिमका सबै सदस्यहरुलाई सशस्त्र प्रहरी बलका महानिरिक्षक सिंहबहादुर श्रेष्ठले धन्यवादसहित मायाको चिनो दिंदै सम्मान समेत गरेका थिए । ‘आगामी दिनमा सशस्त्र प्रहरीलाई आवश्क पर्ने रोबोटहरुका विषयमा र विपत व्यवस्थापनमा सहकार्य गर्ने छौं,’ उनले भने, ‘सशस्त्र प्रहरीलाई विपत व्यवस्थापनमा सक्रिय र शंकास्पद वस्तुबाट चनाखो बनाउन यो रोबोटले महत्वपूर्ण भूमिका खेल्ने छ ।’

नेपाली सेना संग पनि आवद्ध भइ काम गरिरहेको वैज्ञानिकहरुले बम डिस्पोजल रोवोट एक थान नेपाली सेनालाइ हस्तान्तरण गरिसकेका छन् । भने एउटा रोबोट हस्तान्तरणको अन्तिम चरणमा रहेको छ ।

प्रकाशित : भाद्र १४, २०७४ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?