नयाँ आइफोन सेप्टेम्बर १२ मा सार्वजनिक हुँदै, यस्तो हुनेछ फिचर

काठमाडौं — एप्पलले नयाँ आइफोन सेप्टेम्बर १२ मा सार्वजनिक गर्ने मिति तय गरेको छ । कम्पनीले आफ्नो हरेक नयाँ प्रडक्ट सेप्टेम्बरमा सार्वजनिक गर्ने गर्छ । कम्पनीले आइफोन एइटको सार्वजनिक गर्न सेप्टेम्बर १२ लाई छानेको हो ।

नयाँ आइफोन सेप्टेम्बर १२ मा सार्वजनिक हुँदै, यस्तो हुनेछ फिचर

उक्त दिन आइफोन एइटसहित आइफोन सेभेन र सेभेन प्लसको अपडेटेड भर्सन समेत सार्वजनिक गर्ने अनुमान गरिएको छ । कम्पनीले वायरलेस चार्ज सपोर्ट गर्ने आइफोन सेभेनको नयाँ भर्सनसमेत सार्वजनिक गर्ने अनुमान छ ।

यसअघि प्रकाशित भएका रिपोर्टका अनुसार आइफोन एइटमा माथिल्लो भाग पूरा स्क्रिन हुनेछ । साथै, यसकाले पिंगर प्रिन्टको सट्टा थ्रीडी फेसियल रेकग्निसन सपोर्ट गर्नेछ ।

नयाँ आइफोन सार्वजनिक गर्ने क्रममा नयाँ एप्पल टिभी, आईओएसको नयाँ भर्सनसमेत सार्वजनिक हुने अनुमान छ ।

कम्पनीले विभिन्न मिडियालाई सेप्टेम्बर १२ मा हुने कार्यक्रममा सहभागी हुन पत्र पठाएको छ ।

प्रकाशित : भाद्र १६, २०७४ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?