कस्तो स्मार्टफोन चाहियो ?

काठमाडौं — दसैंमा हामी नयाँ लुगा मात्रै किन्दैनौं, नयाँ ग्याजेट पनि किन्ने योजना बनाउँछौं । नेपालमा अहिले आधा दर्जन बढी ब्रान्डका दर्जनौं स्मार्टफोन उपलब्ध छन् । तर, ती सबैमध्ये हामीलाई उपयुक्त हुने छनोट गर्न पनि गाह्रो हुन्छ किनकि स्मार्टफोन कसरी छान्ने ?

कस्तो स्मार्टफोन चाहियो ?

पसल–पसल धाएर आफूलाई उपयुक्त स्मार्टफोन छान्नु पनि समयका हिसाबले निकै खर्चिलो हुन्छ । नेपालमा ४० हजार रूपैयाँभन्दा तलका स्मार्टफोन अत्यधिक बिक्री हुन्छ । यस मूल्यमा कस्ता मोबाइल उपयुक्त हुन सक्छ त ?

१ । सामसुङ ग्यालेक्सी ए सेभेन

स्क्रिन : ५.७ इन्च (एमोलेड डिस्प्ले)

क्यामरा : १६/१६ मेगापिक्सेल 

र्‍याम/स्टोरेज : ३ जीबी/३२ जीबी (एक्प्यान्डेबल)

प्रोसेसर : १.९ गिगाहर्ज अक्टा–कोर

सिम : २ 

ब्याट्री : ३६०० एमएएच

मूल्य : रु. ३९,९००

२ । सामसुङ ग्यालेक्सी जे सेभेन प्रो

स्क्रिन : ५.५ इन्च (सुपर एमोलेड)

क्यामरा : १३/१३ मेगापिक्सेल

र्‍याम/स्टोरेज : ३ जीबी/३२ जीबी (बढाउन मिल्ने)

प्रोसेसर : १.६ गिगाहर्ज अक्टाकोर

सिम : २

ब्याट्री : ३६०० एमएएच

मूल्य : रु. ३२,९००

३ । वान प्लस थ्री 

स्क्रिन : ५.५ इन्च (एमोलेड)

क्यामरा : १६/८ मेगापिक्सेल

र्‍याम/स्टोरेज : ६ जीबी/६४ जीबी

प्रोसेसर : २.१ गिगाहर्ज क्वाड कोर

सिम : २

ब्याट्री : ३,००० एमएएच

मूल्य : रु. ३४,९००

४ । ओप्पो एफथ्री

स्क्रिन : ५.५ इन्च (एचडी)

क्यामरा : १३/१६ मेगापिक्सेल

र्‍याम/स्टोरेज : ४ जीबी/६४ जीबी (बढाउन मिल्ने)

प्रोसेसर : १.५ गिगाहर्ज अक्टाकोर

सिम : २

ब्याट्री : ३२०० एमएएच

मूल्य : रु. ३२,९९०

५ । जियोनी एस सिक्स प्रो 

स्क्रिन : ५.५ इन्च

क्यामरा : १३/८ मेगापिक्सेल

र्‍याम/स्टोरेज : ४ जीबी/६४ जीबी

प्रोसेसर : १.८ गिगाहर्ज अक्टाकोर

सिम : २

ब्याट्री : ३१३० एमएएच

मूल्य : रु. ३४,९९९

६ । जियोनी ए वान 

स्क्रिन : ५.५ इन्च

क्यामरा : १३/१६ मेगापिक्सेल

र्‍याम/स्टोरेज : ४ जीबी/६४ जीबी

प्रोसेसर : १.८ गिगाहर्ज अक्टाकोर

ब्याट्री : ४०१० एमएएच

मूल्य : रु. २९,९९९

७ । सोनी एक्सपेरिया एक्स

स्क्रन : ५ इन्च

क्यामेरा : २३/१३ मेगापिक्सेल

र्‍याम/स्टोरेज : ३ जीबी/६४ जीबी

प्रोसेसर : हेक्साकोर स्न्यापड्रयागन ६५०

ब्याट्री : २६३० एमएएच

मूल्य : रु. ३८,५००

८ । साओमी एमआई फाइभ 

स्क्रिन : ५.१५ इन्च

क्यामेरा : १४/४ मेगापिक्सेल

र्‍याम/स्टोरेज : ३ जीबी/३२ जीबी

प्रोसेसर : १.८ गिगाहर्ज स्न्यापड्रयागन ८२०

सिम : २

ब्याट्री : ३००० एमएएच ब्याट्री

मूल्य : रु. ३९,९९९

९ । साओमी रेडमी नोट फोर 

स्क्रिन : ५.५ इन्च

क्यामेरा : १३/५ मेगापिक्सेल

र्‍याम/स्टोरेज : ४ जीबी/६४ जीबी

प्रोसेसर : २ गिगाहर्ज अक्टाकोर 

सिम : २

ब्याट्री : ४१०० एमएएच

मूल्य : रु. २८,४९९

१० । हुवावे जीआर फाइभ

स्क्रिन : ५.५ इन्च

क्यामेरा : १२/२ मेगापिक्सेल 

र्‍याम/स्टोरेज : ३ जीबी/३२ जीबी

प्रोसेसर : अक्टाकोर किरिन ६५५

सिम : २

ब्याट्री : ३३४० एमएएच

मूल्य : रु. ३५,००० 

 

नेपाली बजारमा उपलब्ध ४० हजारभन्दा कम मूल्य पर्ने यी स्मार्टफोनको सूची यिनको फिचरको आधारमा तयार पारिएको हो । 

स्मार्टफोन कुन प्रयोजनका लागि किन्ने भनेर विचार पुर्‍याउने हो भने ३० हजारभन्दा कम मूल्यका पनि प्रशस्त विकल्प छन् । नेपालमा महँगो मूल्यका मोबाइल पनि चल्तीमै छ । नेपालमा उपलब्ध केही महँगा स्मार्टफोन :

 

  • सामसुङ ग्यालेक्सी ए एट प्लस : रु. ९१,९००
  • सामसुङ ग्यालेक्सी एस एट : रु. ८१,९००
  • आइफोन सेभेन प्लस : रु. १,१९,००० (१२८ जीबी)
  • हुवावे पी टेन प्लस : रु. ७९,०००
  • ओप्पो एफथ्री प्लस : रु. ५४,९९०
  • वानप्लस फाइभ : रु. ६९,५०० (१२८ जीबी)
  • एमआई सिक्स : रु. ५४,९९९ (६४ जीबी)
  • एमआई मिक्स : रु. ९४,९०० (२५६ जीबी)
  • जियोनी ए वान प्लस : रु. ४४,९०० 
  • सोनी एक्पेरिया एक्सजेड प्रिमियम : रु. ८०,५००

प्रकाशित : आश्विन ७, २०७४ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?