१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तिहारको लागि नेपाल टेलिकमको बोनस

कान्तिपुर संवाददाता

काठमाडौं — टेलिकमले जीएसएम र सीडीएमए प्रिपेड मोबाइल रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने भएको छ । यो योजना भोलि बुधबारदेखि शुक्रबारसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।

तिहारको लागि नेपाल टेलिकमको बोनस

नेपाल टेलिकमले तिहारको उपलक्ष्यमा आफ्ना ग्राहकलाई विभिन्न छुट दिने भएको छ ।

यसैगरी, प्रिपेड र पोष्टपेड दुवै सिम प्रयोगकर्तालाई कम्पनीको नेटवर्कभित्र हुने एसएमएस सेवामा ५० प्रतिशत छुट उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

उसले यो सुविधा २ देखि ९ गतेसम्म लागू हुने जनाएको छ । यो अवधीमा कम्पनीका ग्राहकले टेलिकम नेटवर्कभित्र ५० पैसामा एसएमएस गर्न सक्नेछन् ।

कात्तिक भोलि बुधरबारदेखि कात्तिक ३० गतेसम्म फोरजी सेवा लिनको लागि आवश्यक पर्ने सीम नि:शुल्क परिवर्तन गरिने टेलिकमले जनाएको छ ।

फोरजी सेवा उपलब्ध भएको काठमाडौं, ललितपुर, भक्तपुर र पोखराका नेपाल टेलिकम काउन्टरबाट यो सेवा उपलब्ध हुनेछ ।

प्रकाशित : आश्विन ३१, २०७४ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?