२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

चीनमा एक हजार छ सय वेभसाइट बन्द

कान्तिपुर संवाददाता

वेईजिङ — चीनमा प्रतिलिपी अधिकार उल्लंघन गरेका एक हजार ६५५ वेभसाइटलाई सरकारी अधिकारीहरुले बन्द गरिदिएका छन् ।

 चीनमा एक हजार छ सय वेभसाइट बन्द

प्रतिलिपी अधिकार प्रशासकहरुले दुई लाख ७४ हजार ८०० वटा लिंक पनि हटाइएदिएको बिहीबार जानकारी दिएका छन् । प्रतिलिपी अधिकार उलंघन गर्नेहरुलाई कारबाही गर्ने अभियान उनीहरुले यसै बर्षको जुलाईमा सुरु गरेका हुन् ।

चीनको ‘साईबरस्पेस एडमिनिस्ट्रेसन’, उद्योग र सूचनाप्रविधि मन्त्रालय र सार्वजनिक सुरक्षा मन्त्रालयले प्रतिलिपी अधिकार उलंघन गर्नेहरु विरुद्धको कारबाही अभियान चलाएका छन् ।
- रासस

प्रकाशित : कार्तिक १७, २०७४ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?