२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

घर या कारको लक खोल्न ‘भाईबराइट’

दिनेश यादव

काठमाडौं — घर या कारको चाभी कही बिर्सेको या हराएको अवस्थामा तपार्इंले अब चिन्ता लिनु पर्दैन । वैज्ञानिकहरुले यस्तो समस्याको समाधान निकालेका छन् । उनीहरुले कम लागतमा नयाा सुरक्षा प्रणाली विकसित गरेका छन् । यो प्रणाली औलाको कम्पन (फिंगर भाइब्रेसन) को आधारमा व्यक्तिलाई सही ढंगले सजिलै पहिचान गर्ने छ ।

घर या कारको लक खोल्न ‘भाईबराइट’



यसरी पहिचान खुलेपछि व्यक्तिले आफ्नो स्मार्ट घरहरु, कारहरु र अन्य उपकरणहरु सम्म सजिलै पहूाच पुरयान सक्ने छन् । अर्थात यी सबैलाई अनलक गर्नेछन् । यो नयाा स्मार्ट एक्सिस प्रणालीलाई ‘भाईबराइट’ भनिन्छ । जब आंैलाहरु कुनै ठोस सतहलाई छुन्छ, यो प्रणालीले सही युजर्सको पहिचान गर्न सक्षम हुनेछ । यही आधारमा तपाईंको घर, कार या अन्य उपकरणको लक खुल्ने छ ।

अमेरिकास्थित रुटगर्स विश्वविद्यालयका शोधकर्ताहरुले यो प्रणालीको विकास गरेका हुन् । यो प्रणाली पासकोड, व्यवहार र शारीरिक गुणहरुको समिश्रणबाट बनाइएको हो । यो कम्पन संकेतहरुमा आधारित छ । परम्परागत पासवर्डमा आधारित प्रणालीहरु भन्दा यो अलिक पृथक छ । त्यस्तै, यो बायोमेट्रिक आधारित प्रणालीभन्दा पनि भिन्न खालको छ । यसमा टच स्क्रिन, फिंगरप्रिन्ट रीडर र अन्य मंहगा हार्डवेयर समावेश गरिएका छन् । यी सबैलाई सुरक्षाको दृष्टिकोणमा सम्बेदनशिल मानिन्छ । धेरैको सुरक्षाको चिन्ता यिनै विषयमा रहने गरेको पाइन्छ ।

रुटगर्स विश्वविद्यालयका प्रोफेसर यिङयिङ चेनका अनुसार हरेक व्यक्तिको औलाको हाडको संरचना कसैसंग नमिल्ने खालको हुन्छ । उनी भन्छन्, ‘हरेक व्यक्तिको औलाको बनाबट फरक–फरक हुन्छ । त्यस्तै, तिनीहरुको औलाको सतहमाथि फरक फरक दबाव बन्ने गर्छ । त्यसैले सेन्सर यो जटिल मनोवैज्ञानिक र व्यवहार सम्बन्धी अन्तरलाई पहिचान गर्दै सही व्यक्तिलाई आफ्ना स्मार्ट सामग्री खोल्ने अनुमति दिनेछ ।’

चेनले फिंगर प्रिन्टिङ र आइरिसको पहिचान गर्ने स्मार्ट एक्सेस प्रणाली धेरै सुरक्षित भएपनि यो सामान्य प्रणालीभन्दा १० गुणा बढी मंहगो हुने बताए । उनले भने, ‘त्यसैको विकल्पका रुपमा भाईबराइटर प्रणालीको विकास गरिएको हो ।’ हालै गरिएको दुईवटा जटिल परिक्षणमा ‘भाईबराइट’ ले ९५ प्रतिशत युजर्सलाई पहिचान गर्न सफल भएको पाइएको छ । यसमा केही सुधारको आवश्यकता भएको बैज्ञानिकहरुले महशुश गरेका छन् ।

यो प्रणालीलाई सफल र दीर्घकालिन बनाउन केही प्रयासहरु हुनै पर्ने देखिन्छ । प्रणालीको सुधारमा लागेको टिमले यसको हार्डवेयर र आथेन्टिकेसनमा परिवर्तन ल्याउनेमा जुटेका छन् ।

कसरी काम गर्छ ?
इलेक्ट्रिकल तथा कम्प्युटर इन्जिनियरिङ विभागका प्राध्यापक चेनको नेतृत्वमा रहेको टिमले सिर्जना गरेको बायोमेट्रिक एक्सेस सिस्टमले कुनै पनि ठोस सतहमाथि काम गर्न सक्छ । ‘स्पेक्ट्रम’ अनलाईनका अनुसार यसका लागि कुनै टचप्याड या फिंगरप्रिन्ट सेन्सको आवश्यकता पर्ने छैन । यो प्रणालीमा व्यक्तिको औलाको चाप र चालका कारण उत्पन्न तरंगको पहिचान गरि ढोका या चेनगेट सजिलै खुल्ने छन् ।

वैज्ञानिकहरुले हालै काठबाट बनेको ढोका र काठकै ड्रअरमा भाइबहाइटसको परिक्षण गर्दा परिणाम उत्साहजनक आएको छ । परिक्षणका क्रमममा ९५ प्रतिशत सही तरिकाले काम गरेको र त्रुटी हुने दर ३ प्रतिशत भन्दा कम रहेको छ । चेनले हालै अमेरिकाको डल्लासमा आयोजित ‘एसीएम कन्फरेन्स अन कम्प्युटर एन्ड कम्युनिकसेन्स सेक्र्युरिटी’ सम्मेलनमा आफ्नो यो पछिल्लो अविष्कारबारे विस्तृत जानकारी गराउादा सहभागीहरुबाट तालीको गडगडाहटले स्वागत पाएका थिए ।

यो प्रणाली भाईब्रेसन मोटर, भाइब्रेसन सेन्सर र कम्प्युटरको सहयोगबाट विकसित गरिएको छ । चेनका अनुसार कम्प्युटरलाई सानो क्षमताको सीपियुले विस्थापित गर्न सकिने छ । मोटरले २० किलोहर्ज (मानिसले अनुभव गर्न सक्ने उच्च तरंगको सीमा) मा लो–एम्प्लिच्युड तरंग काठसम्म पठाउछ । औंलाको उपस्थिति हुनेवितिकै काठमा तरंग उत्पन्न हुन्छ र त्यो सेन्सर हुादै सिपियुसम्म पुग्छ र सही व्यक्तिको पहिचान गर्छ । तरंगले व्यक्तिको औलाको आकारका कारण शारिरीक हस्ताक्षर र औंलाको हाडको बनावटका कारण यान्त्रिक पहिचान गर्छ, व्यक्तिको औंलाको थिचाई व्यक्तिपिच्छे फरक हुने भएकाले तपाईलाई पहिचान गर्नेछ ।

यो प्रणालीमा सेन्सरबाट २० देखि ५० सेमीको दुरीमा मात्रै काम गर्न सक्छ । तर यो आफ्नो बजेट अनुसार बढाउन सकिने दाबी शोधकर्ताहरुको छ । ‘हामीले हाल अन्यन्तै साधारण मोटर र रिसिभरको प्रयोग गरेका छौं,’ चेनले भनेकी छन्, ‘हामीले यो उपकरणको मूल्य ५० अमेरिकी डलर भन्दा तलसम्म झार्ने प्रयासमा छौं । तर राम्रा मोटर र रिसिभरले दुरी बढाउनुका साथ सही पहिचानमा राम्रो सहयोग पनि गर्छ ।’

चेनका अनुसार वेभराइटलाई दुई वर्षभित्रै व्यावसायिक रुपमा बजारमा उतारिने छ । तर त्यो भन्दा अगाडि तिनको टिमले यसका नकारात्मक कुराहरु तथा अन्य कमजोरीलाई हटाउने प्रयास गर्नु पर्नेछ । त्यस्तै, यो प्रणालीलाई बजारमा उतार्नुअघि निर्माताहरुले यो उपकरण जडान गरिने स्थान बाहिरको तापक्रम, आद्र्रता, वायु, ओसिलोपना, धुलालगायतको अवस्थाको पनि परिक्षण गर्नु पर्नेछ । यी वातावरणीय कारक तत्वहरुले त भाइबराइटलाई असर गरिरहेको छैन भन्ने जानकारी पनि राख्नु पर्ने देखिन्छ । वैज्ञानिकहरुका अनुसार यसमा पीन अंक या लक ढांचालाई पनि प्रयाग गर्न सकिन्छ । यो विकल्प संगै डिभाईसको महत्व एकाएक बढेको दाबी गरिएको छ । तर परिमार्जित र सस्तो विकल्पका रुपमा यो डिभाइसको प्रयोग गर्न सकिने छ ।

प्रकाशित : मंसिर ७, २०७४ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?