पुरानो आइफोन स्लो बनाएको एप्पलले स्वीकार्‍यो

कान्तिपुर संवाददाता

एजेन्सी — एप्पलले पुराना आइफोन स्लो बनाउने गरेको स्वीकारेको छ । प्रयोगकर्तालाई नयाँ आइफोन किन्न प्रोत्साहिन गर्न एप्पल आफैंले पुराना आइफोन स्लो बनाउने गरेको अपुष्ट आरोप लाग्दै आएको थियो ।

यसैसाता एक टेक्नोलोजीसम्बन्धी जानकारी दिने वेबसाइटले नयाँ व्याट्री राखेपछि पुरानो आइफोन पनि राम्ररी चल्ने तर पुरानै व्याट्रीमा भने स्लो हुने भन्दै एप्पल आफैंले यसो गरेको आरोप लगाएको थियो ।

Yamaha

कम्पनीले अहिले भने केही पुराना मोडलका आइफोनको कार्यक्षमता घटाएको स्वीकारेको बीबीसीले लेखेको छ । पुराना आइफोनको व्याट्रीको कार्यक्षमता समेत घट्दै जाने हुनाले त्यसैअनुसार आइफोनको कार्यक्षमता पनि घटाउनु परेको कम्पनीले स्वीकारेको छ ।

कम्पनीले यसलाई पुराना आइफोनमा व्याट्री कम हुने वित्तिकै प्रोसेसरलाई चाहिने ऊर्जा प्रदान गर्न नसकेर बन्द हुने समस्या समाधानको लागि यसको कार्यक्षमतालाई कम गरेको बताएको छ ।

Esewa Pasal

प्रकाशित : पुस ६, २०७४ १८:०१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

दलित बस्तीमा लत्ताकपडा र ब्लाङ्केट वितरण

कान्तिपुर संवाददाता

मोरङ — चिसो र शीतलहरबाट प्रभावित विराटनगर महानगरपालिकाका विपन्न एक सय घरपरिवारलाई बिहीबार लत्ताकपडा र ब्लाङ्केट वितरण गरिएको छ । 

ओरन्टल होटल लिमिटेड (र्‍याडिसन होटल) श्रम सम्बन्ध समितिले विराटनगर महानगरका वडा नं २, ४ र ५ का दलित बस्तीमा न्यानो लत्ताकपडा वितरण गरेको हो।
वडा नं. २ को बूढीगंगास्थित उराउ बस्तीका १० घर, वडा नं ४ बस्ताटोलमा बसोबास गर्ने बाँतर, सरदारका २० घर परिवार, ५ को पासवान बस्तीका २० घर परिवारलाई अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदूर संघ र्‍याडिसन इकाईका अध्यक्ष रामेश्वर अधिकारी, कोषाध्यक्ष रामहरि भण्डारीलगायतले बस्तीमै पुगेर न्यानो कपडा वितरण गरेका हुन्।
राहत वितरणको लागि स्थानीयस्तरमा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव एवं मोरङ जिल्ला इञ्चार्ज उपेन्द्रकुमार रायले सहजीकरण गरेका थिए।

प्रकाशित : पुस ६, २०७४ १७:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT