क्यामेरा पारखीका लागि नयाँ–नयाँ प्रविधि भित्रँदै

दिनेश यादव

काठमाडौँ — अंग्रेजी वर्ष २०१८ शुरु भएदेखि नयाँ–नयाँ प्रविधि र उत्पादनहरुको खुबै चर्चा हुने गरेको छ । त्यस्ता उत्पादनहरुमध्ये मध्ये क्यामेरा पनि एक हो ।

क्यामेरा पारखीका लागि नयाँ–नयाँ प्रविधि भित्रँदै

यो वर्ष कस्ता खालका क्यामेराहरु बजारमा आउँदैछन ? यसबारे धेरैको जिज्ञासा रहने गरेको छ । क्यामेरासहितको मोबाईल फोन र त्यसपछि सेल्फीको ट्रेन्ड चलेपछि धेरैको ध्यान र चासो छुट्टै क्यामेरा खरिद गर्नमा घटेको थियो ।


तर, आर्टिफिसियल इन्टेलिजेन्स (कृर्तिम बुद्धि) सहितका पछिल्ला प्रविधि प्रयोग गर्दै विभिन्न कम्पनीले आफ्ना उत्पादन बजारमा ल्याउन थालेपछि यसतर्फ धेरैको ध्यान फेरी खिचेको छ । खासगरी अत्याधुनिक प्रविधिहरुको प्रयोग गरि ल्याएको स्मार्ट क्यामेराहरुप्रति धेरैको चासो बढेको हो । यो वर्ष आउने क्यामेराहरुमा उच्च क्वालिटीको भिडियो, ताररहित कनेक्टिभिटी र बढी मेगापिक्सल तथा गुणात्मक हार्डवेयर जस्ता विशेषतायुक्त रहने छन् । यी सबै परम्परावादी क्यामेरामा जस्तो सुपरजोन, लार्ज–सेन्सर कम्प्याक्ट या वाटरफ्रुपमै मात्र केन्द्रित रहने छैनन् ।


कम्पनीहरुले राम्रो सेन्सर्स र तिब्र प्रोसेसर भएको नयाँ–नयाँ क्यामेराहरु बजारमा ल्याउँदैछन । ती क्यामेराहरु व्यावसायिक बजारमा राम्रो स्थान पाउने दाबी उनीहरुको छ । क्यामेराहरुलाई सफ्टवेयरको निर्देशनमा काम गर्ने गरि विकसित गरिदैछ । केही कम्पनीले त आफ्ना उन्नत प्रविधियुक्त उत्पादनहरुको अग्रिम बुकिङ नै शुरु गरिसकेका छन । क्यामेरामा ‘४ के’ को सफल परिक्षण गरिसकिएको छ , त्यसलाई थप परिस्कृत गर्दै बजारमा ल्याउने तयारी भइरहेको छ ।


‘डिजिटल ट्रेन्ड’ अनलाईका अनुसार नयाँ क्यामेरा ‘पानासोनिक ल्युमिक्स जीएच५एस’ ले आफ्नो गतिलाई थप तीब्र गर्दै १०८० पिक्सेल बनाउने तर्खरमा छ । ‘गोप्रो’ ले अधिकारिक रुपमा ‘ओभर क्याप्चर’ का लागि ३६० क्यामेरालाई फ्युजन गरी शक्तिशाली उपकरणहरुको प्रयोग गर्दै आफ्नो उत्पादन बजारमा ल्याउने उद्घोष गरिसकेको छ । उसले गोलाकार (स्पेरिकल) भिडियोबाट सिनेम्याटिक मास्टरपिस बनाउन ग्राहकलाई सजिलो हुने गरि तयारी थालेको छ ।


पहिलो सफ्टवेयर क्यामेरा बनाएको ‘राइलो’ ले पनि आफ्नो प्रविधिलाई थप उन्नत बनाउने सोचलाई अगाडि बढाएको छ । उसले ग्राहकका लागि मूल्यमैत्री ‘ओभरक्याप्चर’ क्यामेरा बजारमा उतार्ने जनाएको छ । ‘सोनी ए ९’ ले अघिल्लो वर्ष ऐनारहित बनाएको आफ्नो क्यामेराको गति बढाउँदै खेलकूद र जंगली जनावरहरुको फोटोग्राफीका लागि थप उपयोगी हुने गरी त्यसलाई विकसित गर्दैछ । उक्त क्यामेराले एक सेकेण्डमा २० वटा फ्रेम्स(फोटो) खिच्न सक्नेछ ।


यसैगरी, ‘निकोन डी८५०’ र ‘सोनी ए ७ आर थर्ड’ ले संयुक्त रुपमा हाई रिस्योलुसन र तिब्रगतिमा फोटो खिच्ने आधुनिक क्यामेरा यो वर्ष बजारमा ल्याउादै छ । ‘निकोन’ र ‘सोनी’ जस्ता विश्व चर्चित कम्पनीहरुले आफ्ना केही उपभोक्ताहरुको गुनासाका आधारमा यता लागेको बताइएको छ । विज्ञहरुका अनुसार क्यामेराको गति त्यसले प्रतिसेकेण्ड फ्रेमिङ गर्ने फोटोका आधारमा निर्धारित गरिन्छ ।


विश्वमा क्यानन कम्पनीलाई क्यामेरा उद्योगकै एउटा ‘टाइटन’ को नामले चिनिन्छ । उसले आफ्ना नयाँ क्यामेराहरुलाई थप व्यावसायिक र आधुनिक बनाउँदै फोटोग्राफरको सर्वाधिक रोजाईमा पार्न सफल भएको छ ।


कम्पनीले यो वर्ष थप प्रविधिका साथ नयाँ क्यामेराहरु बजारमा उतारेको छ । ‘लाईफवाइर’ अनलाईनका अनुसार यो वर्ष क्याननका उत्कृष्ट ७ क्यामेरामा ‘क्यानन इओएस ८० डी’, ‘पावरशट ईएलपीएच १९० आईएस’, ‘पावरशट जी९ एक्स मार्क सेकेण्ड’, ‘क्यानन एसएक्स५३० एचएस ९७७९बी००१’ र ‘क्यानन इओएस एम १००’ लगायतका छन् । त्यस्तै, फुजिफिल्मले ‘फाइनपिक्स एक्सपी१३०’ वाटरफ्रुप कम्प्याक्ट क्यामेरा बजारमा ल्याएको छ । यो क्यामेरा पानीको २० मिटर गहिराईबाट फोटो खिच्न प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।


यसको अन्य विशेषतामा फुल एचडी भिडियो रेकर्डिङ गर्न सकिने र टाइम–ल्याप्स भिडियो समेत प्रयोग गर्न सकिने रहेको छ । यसै महिनादेखि बजारमा विक्रीवितरण गरिने कम्पनीको भनाई छ ।


गुगलले एउटा स्मार्ट क्यामेरा सार्वजनिक गरिसकेको छ । उक्त क्यामेरा स्वचालित छ । कुन बेला तपाईको तस्बिर खिच्नु पर्छ भन्ने कुरो उसलाई पहिलेदेखि थाहा हुन्छ ।


सुन्दा अचम्म लाग्ने यो प्रविधिको प्रयोग गुगलले आफ्नो पछिल्लो क्यामेरा ‘क्लिप’ मा गरेको हो । कृर्तिम बुद्धि (एआई) को उपयोग गरि बनाइएको यो क्यामेराको मूल्य २ सय ४९ अमेरिकी डलर तोकिएको छ । यो क्यामेराले भिडियो सूट पनि आफै गर्न सक्ने क्षमता राख्छ । हाल यो क्यामेरा ‘प्लेस्टोर’बाट खरिद गर्न सकिन्छ । यसको अग्रिम बुकिङ शुरु गरिएको छ । कम्पनीका अनुसार यो क्यामेराको डेलिभरी २७ फेब्रुअरीबाट गरिने छ ।


हामीले स्मार्ट, सफ्टवेयर, फोर के, एआई प्रविधियुक्त क्यामेराको चर्चा गरिरहँदा बेलायती अखबार ‘दि गार्जियन’ ले सबैलाई आश्चर्यमा पार्ने गरि एउटा समाचार सम्प्रेषण गरेको छ । उक्त समाचारमा डिजिटललगायतका आधुनिक र उच्च प्रविधियुक्त क्यामेराको तुलनामा क्लासिक फिल्म क्यामेरा राम्रो भएको उल्लेख छ ।


अखबारले ‘युवाहरुले डिजिटल क्यामेरालाई अस्वीकार गर्दै क्लासिक फिल्म क्यामेरातर्फ उन्मुख’ भएको आशयको समाचार सार्वजनिक गरेको हो । पत्रिकाले लेखेको छ, ‘ डिजिटलको तुलनामा पुराना क्लासिक फिल्म क्यामेराहरु बढी आत्मीय हुन्छन् ।’ पुरानो र परम्परागत यो क्यामेराको प्रशंसामा युवाहरु नै लागेका छन् । यसो त यो चर्चाकै लागि आएपनि आजको आधुनिक युगमा युवाहरुको रोजाई उक्त क्यामेरामा भन्दा डिजिटल, स्वचालित , सुपरफास्ट र सफ्टवेयर क्यामेरा नै रहेको विभिन्न बजार सर्वेक्षणहरुले पुष्टि गरिसकेको छ ।


प्रकाशित : फाल्गुन ९, २०७४ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?