कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मोबाइलबाट निस्कने विकीरणबाट कसरी जोगिने ?  

बीबीसी

काठमाडौँ — मोबाइल फोनबाट निस्कने रेडियोधर्मीहरुले मानिसलाई कत्तिको असर पार्ला ? फोनबाट निस्कने यस्ता विकीरणहरुले ट्युमर, क्यान्सरजस्ता रोगहरु लाग्ने खतरा कतिको हुन्छ ? यस्ता विकीरणहरुबाट आफू कसरी सुरक्षित रहने । यो सवालको खोज वैज्ञानिकहरुले पहिलेदेखि नै गर्दै आएका छन् ।

मोबाइलबाट निस्कने विकीरणबाट कसरी जोगिने ?  

नतिजा हालसम्म नआए पनि वैज्ञानिकहरुको अनुसन्धान जारी छ ।

अमेरिकन क्यान्सर सोसाइटीले यस्ता रेडियोधर्मीहरुबाट शरीरमा क्यान्सर हुने या नहुने विषयमा खोज गरिरहेको छ । सोसाइटीका अनुसार मोबाइल फोनबाट निस्कने यस्ता धर्मीहरुले मान्छेको शरीरको डिएनएमा खासै परिवर्तन ल्याउन नसकेपछि शरीरमा कसरी क्यान्सर पैदा गर्छ भन्ने विषयमा भने प्रस्ट भइसकेको छैन ।

हामीले प्रयोग गर्ने मोबाइलबाट रेडियो फ्रिक्वेन्सी उत्पादन हुन्छ । यिनीहरु अल्ट्राभाइलेन्ट र एक्स–रे तरङ्गको तुलानामा कम शक्तिशाली हुन्छन् । एक्स–रे र अल्ट्राभाइलेन्ट तरङ्गहरुले मानिसको शरीरका कोषहरुमा पाइने डिएनएको रसायनिक बन्डलाई भत्काउने क्षमता राख्छन् । मोबाइलबाट उत्पादन हुने तरङ्गहरु आओनाइज हुँदैनन् ।

फोनहरुबाट निस्कने रेडियोधर्मीहरुको स्पेस्फिक एब्जर्बसन रेट अर्थात् एसएआरको मापदण्ड तय गरिएको हुन्छ । मोबाइल बढी तात्दा, धेरैबेर प्रयोग गर्दा एसएआर लेभल बढेको देखिन्छ । एसएआर लेभलको जानकारी मोबाइल निर्माण कम्पनीले सम्बन्धित देशलाई जानकारी गराउनुपर्ने हुन्छ ।

जर्मन फेडरल अफिस फर डाटा प्रोटेक्सनले नयाँ र पुरानो स्मार्टफोनहरुबाट निस्कने रेडियोधर्मीहरुको बारेमा जानकारी दिएको थियो । जसमा सबैभन्दा बढी रेडिएसन दिनेहरुमा वन प्लस, हुवाइ तथा नोकियाको लुमिया रहेका छन् । यस्तै, आइफोन–७ (१०औँ), आईफोन–८ (बाह्रौँ), आइफोन–७ प्लस (१५औँ) स्थानमा थियो । सोनीको एक्सपीपीया एक्स जेड कम्प्याक्ट ११औँ, जेटटीआइ एक्सन–७ मिनी (१३औँ), ब्लाकबेरी डिटिइके–६० (१४औँ) रहेको प्रतिवेदनमा उल्लेख छ ।

मोबाइलबाट निस्कने रेडियोधर्मीसम्बन्धी हालसम्म कुनै मापदण्ड भेटिएका छैनन् । एसएआर लेभल कति हुँदा सुरक्षित हुन्छ भन्ने पनि तथ्य पत्ता लागेको छैन ।

जर्मनीमा मोबाइल फोनको एब्जर्बसन लेभल ०.६० भन्दा कम भएकाहरुलाई मात्र मान्यता दिइन्छ । सबैभन्दा कम रेडिएसन दिने फोनहरुमा सोनी एक्सपेरिया एम–५को एब्जर्बसन लेभल ०.१४, साम्सुङ ग्यालेक्सी नोट–८को ०.१७, एस सिक्स एज प्लसको ०.२२, गुगल प्लस एकसेलको ०.२५, साम्सुङ ग्यालेक्सी एस–८को ०.२६ र एस ७ एजको ०.२६ रहेको पाइएको छ ।

आफूले प्रयोग गरेको मोबाइल फोनको एब्जर्बसन लेभल थाहा पाउन आफ्नो फोन मोडलको म्यानुअल हेर्न सकिन्छ । यस अलवा फोनको वेबसाइट अर्थात् फेडेरल कम्युनिकेसन्स कमिसन फर यूनाइटेड स्टेट्सको वेभसाइटमा पनि हेर्न सकिन्छ ।

रेडियो फ्रिक्वेन्सी सबैभन्दा बढी फोनको एन्टिनामा हुने गर्छ । त्यसैले फोन जति नजिक राखिन्छ त्यति नै फ्रिक्वेन्सीले हामीलाई क्षति गरिरहेको हुन्छ । धेरै बेरसम्म फोन प्रयोग गर्ने, मोबाइल टावर र फोनबीचको दूरी, मोबाइल फोन सिग्नल/ट्राफिकले पनि रेडियो फ्रिक्वेन्सी मा असर पुर्‍याइरहेको हुन्छ ।

बढी फ्रिक्वेन्सीबाट बच्नका लागि फोनमा बोल्दा ह्याण्ड स्फ्री मोडमा चलाउने, धेरै बेरसम्म कुराकानी गर्नुको सट्टा म्यासेज गर्ने, कम एसएआर लेभल भएका फोनहरु प्रयोग गर्नु लाभदायिक हुने विज्ञहरु बताउँछन् ।

प्रकाशित : फाल्गुन १३, २०७४ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?