२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

अब एन्ड्रोइड फाेनमा गुगल लेन्स

एजेन्सी

काठमाडौं — गुगलले एन्ड्रोइड फोनमा गुगल लेन्सको सुविधा उपलब्ध गराउन थालेको छ । मार्च दुई तारिखबाट गुगलले यो सुविधा एन्ड्रोइड फोन प्रयोगकर्ताहरुलाई उपलब्ध गराउन थालेको हो ।

अब एन्ड्रोइड फाेनमा गुगल लेन्स

आइओस फोन प्रयोगकर्ताहरुमा चाँडै नै यो सेवा सुचारु हुने गुगलले जनाएको छ । गुगल लेन्स प्रयोगकर्ताहरुलाई लाभदायी हुने विश्वास गरिएको छ ।


प्रयोगकर्तालाई तस्बिरको माध्यमबाट सही सूचना प्रदान गर्ने उद्देश्यले गुगल लेन्स सन् २०१७ मा पहिलो पटक सार्वजनिक गरेको थियो ।

वाइफाइ वा मोबाइल डाटा भएपछि मोबाइल फोनको क्यामेराले कुनै तस्बिरलाई पहिचान गरिसकेपछि तस्बिरसँग सम्बन्धित जानकारी तथा सूचनाहरु गुगल लेन्सले देखाइदिन्छ ।


गुगुलले यस अघि गुगल भ्वाइस ल्याइसकेको छ ।


पिक्सेल फोनहरुमा गुगल लेन्स उपलब्ध छ । आफूले खिचेका कुनै तस्बिर , क्षेत्र, किताब वा व्यपारिक कार्डहरुलाई गुगल लेन्सले थप विवरण दिने गर्छ । यसले व्यापारिक कार्डबाट व्यक्तिको विवरण, फोन नम्बर जस्ता अन्य विवरणहरु दिन्छ । यसका अलवा फाेनमा कैद गरिएका किताबको समीक्षा तथा विवरण, कुनै ठाँउको भौगोलिक अवस्था लगायत अन्य विवरणहरु गुगल लेन्सले दिन्छ ।

कसरी काम गर्छ ?

एन्ड्रोइड फोनकाे गुगल फोटो एप्समा जाने । अाफूले जानकारी लिन खाेजेकाे तस्बिरलाई छनौट गर्ने अनि त्यहाँ गुगल लेन्सको आइकन थिच्ने । आइकन थिचेपछि तस्बिर सम्बन्धि विविध विवरण लेन्सले उपलब्ध गराउँछ ।

गुगल लेन्सले फूलहरुको पहिचान, वस्तुहरुको नाम लगायत अन्य विवरणहरु संकलन गर्न मद्दत गर्छ । घुमफिर तथा अन्य क्षेत्रहरुमा जाँदा खिचिने ऐतिहासिक तस्बिरहरुको पहिचान गर्न गुगल लेन्सले मद्दत गर्छ ।

गुगल लेन्स प्रयाेग गर्दा इन्टरेनट चाहिन्छ ।

प्रकाशित : फाल्गुन २३, २०७४ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?