१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

फेसबुकको मेसन्जर लाइटमा अब भिडियो च्याट

कान्तिपुर संवाददाता

काठमाडौँ — सामाजिक सञ्जाल फेसबुलले म्यासेन्जर लाइट एप्समा नयाँ सुविधा राखेको छ । फेसबुक म्यासेन्जर लाइट चलाउने प्रयोगकर्ताहरुको सुविधालाई मध्यनजर गर्दै फेसबुकले भिडियो कलको सुविधा उपलब्ध गराउन थालेको हो ।

फेसबुकको मेसन्जर लाइटमा अब भिडियो च्याट

फेसबुकले आफ्नो मुख्य म्यासेन्जर एप्सको भिडियो च्याटमा पनि केही सुधारहरु गरेको छ । अघिल्लो वर्ष फेसबुक म्यासेन्जरबाट १७ बिलियन पटक भिडियो च्याट भएको थियो । उक्त च्याट सन् २०१६ को तुलानामा दोब्बर रहेको फेसबुकले जनाएको छ ।

फेसबुकले यसअघि म्यासेन्जर लाइटमा टेक्स्ट म्यासेजिङ, फोटो तथा लिंकहरु पठाउने सुविधासहित अडियो कलको मात्र सुविधा उपलब्ध गराएको थियो ।


प्रकाशित : फाल्गुन २४, २०७४ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?