रकेटले ल्याएको परिवर्तन 

गोविन्द पोखरेल

काठमाडौँ — अमेरिकको स्पेस एक्स नामक संस्थाले केही साताअघि विश्वकै सबैभन्दा शक्तिशाली रकेट ‘फाल्टोन’ मंगल ग्रहका लागि पठायो । हाम्रो जस्तो अविकासित मुलुकहरुका लागि रकेट एउटा सपना हो । समृद्धिको पाइला मुलुक अघि बढेमा नेपालको रकेट सपना पक्कै पुरा होला ।

रकेटले ल्याएको परिवर्तन 

रकेट भन्ने बित्तिकै सबैलाई चासो हुन्छ । आखिर रकेट के हो र यसको प्रयोग किन गरिन्छ यस्ता प्रश्नले बेलाबेला हाम्रो मनमस्तिष्कले सोचिरहन्छ । सामन्यता रकेट भन्नले हामी अन्तरिक्षमा प्रक्षेपण गरिने यानलाई बुझ्ने गरेका छौँ ।


न्यूटनको चाल सम्बन्धिको तेस्रो नियम हरेक अवस्थामा क्रिया र प्रतिक्रिया बराबर हुन्छ भन्ने सिद्धान्तमा आधरित भएर रकेटको निर्माण गरिएको छ । तीव्र गतिमा रकेटको पछाडि फ्याक्दा अगाडिको दिशाको अनुपातमा बल मिल्छ र गति बढ्छ । विभिन्न क्षेप्यास्त्र, अन्तरिक्ष यान तथा जेट विमान पनि रकेटका उदाहरणहरु हुन् ।

सवारी साधनहरुमा डिजेल र पेट्रोल इन्जिन जस्तै रकेटमा रकेट इन्जिनले काम गर्छ । यो अन्य इन्जिनहरुभन्दा फरक हुन्छ । यो प्रतिक्रिया इन्जिन हो। न्यूटनको चाल सम्बन्धिको तेस्रो नियममा आधरित भएर यसको निर्माण गरिएको हुन्छ । यो इन्जिनले एउटा दिशामा भार उत्सर्जन गर्छ भने अर्को दिशामा प्रतिक्रियाबाट लाभ उठाउँछ ।

उच्च दबाब परेपछि रकेट इन्जिनले सामान्यतय: उच्च चापमा वायवीय ग्याँस फ्याँक्छ । इन्जिनमा हुने प्रज्जवलनशील इन्धन र अक्सिडाइजरबीच रसायानिक प्रतिक्रिया भएपछि वायवीय ग्यास‘एक्जहस्ट ग्याँस’ निस्कन्छ । ईन्जिनले वायवीय ग्याँस फ्याँकेपछि अर्को दिशामा रकेटले प्रतिक्रिया गति प्राप्त गर्छ ।


प्रज्जवलन च्याम्बरले वायवीय ग्यासलाई तीव्र गतिमा रकेटको नोजलबाहिर उत्सर्जन गराइदिन्छ । इन्जिनमा ठोस इन्धन प्रज्जवलन हुँदा इन्धनबाट निस्क्ने वायवीय ग्याँसको मात्रामा कुनै कुनै अन्तर आउँदैन, समान हुन्छ ।

रकेट इन्जिनमा एक किलोग्राम इन्धन दोहन हुँदा रकेटको नोजलबाट उच्च तापक्रम र गतिमा एकै किलोग्राम बराबरको ग्यास उत्सर्जन हुन्छ । इन्धनको स्वरुपमा परिवर्तन भएपनि मात्रामा कुनै परिवर्तन आउँदैन । इन्धनको दोहनले वायुवीय ग्याँसलाई गति प्रदान गर्छ । यसरी रकेटले शक्ति प्रदान गर्छ । पृथ्वीको गुरुत्वक्षेत्रबाट बाहिरिन रकेटले ४० हजार कि.मि. प्रतिघण्टाको दरले उड्नुपर्छ । रकेटहरू खण्डखण्डमा निर्माण गरिएको हुन्छ । सामान्यतय रकेटमा ३ खण्डहरू हुन्छन् । प्रत्येक खण्ड काम पूरा भइसकेपछि खस्ने गर्छन् । इन्धन बोक्नका लागि यस्ता खण्डहरुको निर्माण गरिएको हो ।


पृथ्वीमा सर्वप्रथम आतिशवाजीको रुपमा चिनियाँहरुले एक हजार बर्षअघि रकेट बनाएको इतिहास छ । गनपाउडरले चल्ने त्यस्ता रकेटहरुलाई टोकरीमा राखेर पड्काइन्थ्यो । २०औँ शताब्दीतिर अमेरिकामा पहिलो पटक इन्धनबाट चल्ने रकेटको निर्माण गरियो । सन् १९२६ मा अमेरिकी नागरिक रोर्बट गोडार्डले ३.५ मिटर लामो रकेट उडाए । यान दुईतले घरको उचाई बराबर मात्र उड्यो । २.५ सेकेन्ड अवधिमा यान ५६ मिटर पर पुगेर झर्यो ।


अन्तरिक्षमा आर–७ आइसिबिएम रकेट प्रक्षेपण भएको थियो । स्पुतनिक नाम मानवनिर्मित उपग्रहलाई छाड्नका लागि यो रकेट ४ अक्टोबर सन् १९५७ मा प्रयोग गरिएको थियो । सन् १९६१ मा तत्कालीन सोभियत यूनियनको भोस्तोक–१ नामक रकेटबाट यूरि गाग्रिनले पहिलो पटक पृथ्वीको फन्को मार्दै इतिहास रचे । अमेरिकाले सन् १९६९ मा अमेरिकाको एपोलो–११ रकेट चन्द्रमा अवतरण भयो । निल आर्मस्ट्रङ चन्द्रमामा पाइला टेक्ने पहिलो मानव बने ।

रकेट मिसाइलको निर्माण दोस्रो विश्वयुद्धमा जर्मनहरुले बनाए । वेर्नहर भन ब्राउनले पहिलो भिटू नामक रकेट मिसाइलको आविष्कार गरेसँगै आधुनिक रकेट मिसाइलहरुको निर्माण कार्य शुरु भयो ।

रकेटहरू अन्तरिक्ष यात्राका लागि नभई नहुने कुरा हो । उपग्रह र अन्तरिक्षयान प्रक्षेपण गर्न रकेटको आवश्यक पर्छ । अन्तरिक्षमा भट्टीहरू निर्माण गर्न आवश्यक पर्ने सामग्रीहरू रकेटकै सहायताले पुर्‍याइन्छ ।


(एजेन्सीको सहयोगमा)

प्रकाशित : फाल्गुन २७, २०७४ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?