१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

गुगलको ‘एन्ड्रोइड पी’ प्रिभ्यु सार्वजनिक

दिनेश यादव

काठमाडौँ — विश्वमा सर्वाधिक प्रयोग हुने ‘सर्च इन्जिन’ गुगलले नयाँ मोबाईल सफ्टवेयर ल्याउने तयारी गरेको छ । तत्कालका लागि कम्पनीले उक्त सफ्टवेयरको ‘प्रिभ्यु भर्सन (पुर्वावलोकन संस्करण)’ सार्वजनिक गरेको छ । सफ्टवेयरलाई थप सुरक्षित र इन्डोर म्यापिंग प्रणालीलाई उन्नत बनाउदै प्रयोगकर्ताहरु माझ उतार्ने तरखरमा गुगल रहेको छ ।

गुगलको ‘एन्ड्रोइड पी’ प्रिभ्यु सार्वजनिक

एपलको ‘आईफोन एक्स’ मा जस्तै ‘नोचेस’ संकेतसहितको सफ्टवेयर गुगलले एन्ड्रोइड मोबाइलमा ल्याउन लागेको हो । कम्पनीले त्यसको नाम ‘एन्ड्रोइड पी’ राखेको छ । उसले मार्च ७ मा यसको घोषणा गरिसकेको छ । कम्पनीको यो मोवाइल अपरेटिङ् सिस्टम अन्तर्गत अर्को जेनेरेसन हो । गुगलको यो घोषणा एन्ड्रोइड मोबाइलका लागि कोशेढुंगा सावित हुने बताइएको छ । मोबाइल निर्माता ‘एसस’ कम्पनीले यो सिस्टम आफ्नो ‘जेनफोन ५’मा ल्याउने घोषणा अघिल्लो महिना मात्रै गरेको थियो । हुवावे र एलजीले पनि उक्त सिस्टम आफ्ना केही उत्पादनहरुमा भित्र्याउने बताइसकेको छ । इन्टरनेसनल डेटा कर्पोरेसन (आईडीसी) का अनुसार विश्वमा एन्ड्रोइड प्रमुख मोवाइल सफ्टवेयर हो र यसको प्रयोग ८५ प्रतिशतले गर्छन् । त्यसैले गुगलले एन्ड्रोइड मोवाइलमा नयाँ एप/सफ्टवेयरमा आफ्नो ध्यानकेन्द्रित गरेको हुनुपर्छ ।

अघिल्ला वर्षहरुमा झै गुगल डिभलपर्सले केही महिनाअघि नै आफ्ना नयाँ एन्ड्रोइड अपरेटिंग सिस्टमको प्रचार गर्ने परम्परालाई धान्दै आएको छ । त्यसैको निरन्तरता हो, गुगलले मेमा हुने आफ्नो वार्षिक कन्फ्ररेन्समा नयाँ उत्पादनहरु लञ्च गर्दैछ । यसपटक गुगलले यो परम्परा कायम राख्दै आफ्नो ‘एन्ड्रोइड पी’ को पहिलो डिभलपर भर्सन ल्याउँदैछन् । स्पार्टफोनबारे जानकारी दिने ‘इभान ब्ल्यास’ का अनुसार एन्ड्रोइड अपरेटिङ् सिस्टमको पछिल्लो भर्सनबारे विस्तृत जानकारी अझै सार्वजनिक नभएपनि ‘अरिजिनल इक्वीपमेन्ट म्यानुफ्याक्चर्स’ले यो एप सार्वजनिक हुने पक्का भएको जनाएको छ ।


यसै वर्ष फ्ल्यागसीप स्मार्टफोनमा कम्पनीले आफ्नो अपरेटिंग सिस्टम ल्याउने निश्चित छ । विभिन्न संचार माध्यमहरुका अनुसार ‘एन्ड्रोइड पी’ मा कल ब्लकिङको स्ट्रिक्ट फिचर समेत रहने भएकाले टेलिकम कम्पनीहरुका लागि प्रोमोशनल कल्स थप महंगो हुन सक्छ । यो नयाँ फिचर्स डिफल्ड डायलर एपमार्फत प्रदान गरिने तयारी गरिएको छ । साथै यसमा अज्ञात नम्बर, प्राइभेट नम्बर, पे–फोन नम्बर्स वा जुन नम्बर्सको कलर आइडी छैन, त्यसलाई ब्लक गर्न सकिने फिचर्स पनि रहनेछ । त्यस्तै, ‘एन्ड्रोइड पी’ मा गुगलले आईफोन एक्स जस्तो नोच पनि राखिने जनाएको छ ।


हामीले यसै वर्ष नोच डिस्प्ले भएको फिचरसहितको थप एन्ड्रोइड स्मार्टफोन्स हेर्न अवसर जुटनेछ । ‘एन्ड्रोइड पी’लाई गुगल असिस्टेन्टसंग जोडिने छ, जसबाट डिभाइसमा जडित ब्याट्रीको लाइफ समेत बढाउन सकिनेछ । हाल एन्ड्रोइडको यो भर्सजनलाई ‘पिस्ताचियो आइसक्रिम’ नाम दिइएको छ ।

यसैबीच, विश्वको नयाँ–नयाँ प्रविधिबारे जानकारी दिने ‘दि भर्ज’ अनलाईनका अनुसार गुगल डेभलपर्सले ‘एन्ड्रोइड पी’ प्रिभ्यु सार्वजनिक गरेसंगै यसप्रति सर्वसाधारणको चासो ह्वात्तै बढेको छ । उक्त अनलाईनले यो सफ्टवेयरलाई कसैले पनि तत्कालै आफ्नो फोनमा इन्स्टल नगर्न आग्रह गरेको छ । किनभने कम्पनीले यो एपलाई परीक्षणका लागि मात्र सार्वजनिक गरेको हो । यो एप/सफ्टवेयरले युजरमा कस्तो परिवर्तन ल्याउने भन्नेबारे गुगलले तत्कालै आधिकारिक रुपमा केही सार्वजनिक गरेको छैन । गुगल भीपी इन्जिनियरिंगका ड्याभ बुर्केले यो एपलाई ‘मात्र डेभलपर्सको लागि शुरुको आधारभूत निर्माण’ भनेका छन् । ‘त्यसैले यसलाई तत्कालै आफ्नो फोनमा प्रयोगमा ल्याउनु उपयुक्त छैन, पछि उन्नत रुपमा ल्याएपछि उपयोग गर्नु राम्रो हुनेछ ’ उनले भनेका छन् ।

गुगलले ल्याउन लागेको एप/सफ्टवेयरको प्रमुख विशेषताका रुपमा म्यासेजिङ एप्सले नयाँ तरिकाले तपाईलाई नोटिफिकेसन दिने छ । यदि तपाई नोटिफिकेसनका लागि ‘इनलाईन’ उत्तर दिन चाहनु हुन्छ भने तपाईको तत्कालको कुराकानीका आधारमा उत्तर दिन संभव हुनेछ । यो ‘आइओएस’ले ‘आईम्यासेज नोटिफिकेसन’ को जस्तो भएपनि यसमा बिना स्पर्शकै सुचना दिन सक्ने क्षमता रहनेछ । गुगल सर्ज इन्जिनमा आफूले खोजेको शब्दाबलीहरु जसरी विकल्पसहित आउने गर्छ, त्यसैगरि यो एप/सफ्टवेयरमा तपाईले कुराकानी गर्दा तपाईले दिन खोजेको उत्तर विकल्पसहित आउनेछ । त्यो पनि उचित तस्बिरहरु र स्टिकरसहित प्रत्यक्ष नोटिफिकेसन्नका साथ ।


‘दि भर्ज’ का अनुसार ‘एन्ड्रोइड पी’ माइक, क्यामेरा र अन्य म्यानेजर सेन्सरसम्मको पहूँचलाई प्रतिबन्धित गर्छ । यदि कुनै एप तपाईको स्मार्टफोनको पृष्ठभूमिमा रहेको छ र त्यो सक्रिय छैन भने त्यसले तपाईको माइक्रोफोनसम्म नपुग्न सक्छ । त्यस्तै एउटा बहु–क्यामेरा एपीआई समेत यसमा रहेको छ, जसले एउटा एन्ड्रोइड एपलाई व्यक्तिगत रुपमा एउटा भन्दा बढी क्यामेरा सेन्सरबाट डेटालाई अनुरोध गर्न सक्ने क्षमता राख्छ । यसमा वाई–फाई आरटीटी (राउन्ड–ट्रिप–टाइम) का लागि सपोर्ट गर्ने खुबी पनि छ । यसले एप्सलाई इन–डोर पोजिशिंग डेटालाई एक मिटर या दुई मिटरसम्म डाउनलोड गर्ने अनुमति दिनेछ । यति मात्रै हैन, यसले विभिन्न वाई–फाईको पहूँच बिन्दूहरुको दुरीसमेत मापन गर्ने काम गर्छ । यसैगरी यसको बेटर अटोफिलले पासवर्ड प्रबन्धहरुका लागि आफ्नो पासवर्ड दर्ज गर्न सजिलो बनाउन सक्छ ।

यसो त एन्ड्रोइड र आईओएस प्लेटफर्ममा गुगलका आफ्नै धेरै एप्स रहेका छन् । अघिल्लो महिनाको तेस्रो साता गुगलले आफ्नो अर्को नयाँ एप्स ‘रिप्लाई’ सार्वजनिक गर्ने घोषणा गरेको थियो । यसको परीक्षण कम्पनीले शुरु गरिसकेको छ । ‘एप’ को एन्ड्रोइड प्याकेज किट्स (एपीके) फाईल जुन ‘एपीके मिरर’ वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ । यो एपीके फाइलबाट एपको बारेमा लगभग सबै जानकारी प्राप्त गर्न सकिन्छ । यो एपको उद्देश्य थर्ड पार्टी म्यासेजिङ एप्सलाई आटोमेटेड र स्मार्ट रेस्पोन्समा सपोर्ट गर्नु हो । यसैगरी यो एपले फेसबुक म्यासेन्जर, ह्याङआउट्स, स्ल्याक, स्काइप र यहाँसम्म कि ट्वीटर डाइरेक्ट म्यासेज जस्तो एप्सलाई सपोर्ट गर्नेछ । यो एपले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गर्छ । यसमार्फत सोधिएका प्रश्नका लागि युजरले सही उत्तर दिनका लागि अप्सन प्रदान गर्छ । मानौ तपाईलाई ‘तपाई घर कहिलेसम्ममा पुग्नु हुन्छ ?’ भन्ने म्यासेज आएको अवस्थामा यो एपले युजरको लोकेसन हेरी ट्राफिक टाइम समेत क्याकुलेट गर्दै तपाईलाई सही उत्तर छनौट गर्न अप्सन प्रदान गर्नेछ । यो एपमा भ्याकेसन रेस्पोन्डर र अर्जेन्ट म्यासेजको फिचर्स पनि छ । साथै यो एपका प्रयोगकर्ताले ड्राइभिङ, बाईकिङ, रनिङ गरिरहेको या मिटिङमा रहेको या सुतिरहेको अवस्थामा ह्यान्डसेटलाई अटोमेटिक साइलेन्ट बनाउने खुबी यो एपमा रहेको छ ।

गुगलले आफ्नो यो एपको अफिसियली सार्वजनिक कहिले गर्ने भन्नेबारे केही उल्लेख गरेको छैन । तर यो एप मेमा ‘गुगल आईओ २०१८’ को कन्फरेन्समा या ‘एन्ड्रोइड पी’ संगै लञ्च गर्ने अडकलबाजी भईरहेको छ । यसअघि गुगलले एल्लो, डयुओ, हयाङआउट, म्यासेजेज र स्प्याक्र्स जस्ता एप्स पहिले नै संचालनमा ल्याइसकेको छ । ‘रिप्लाई’ लाई एउटा म्यासेजिङ एपको रुपमा गुगलले प्रस्तुत गर्न लागेको छैन । गुगलको अन्य एप्सको तुलनामा यसले आर्टिफिसियल इन्टेलिजेन्सबाट तपाईको एन्ड्रोइडलाई थप स्मार्ट बनाउने निश्चित छ ।

प्रकाशित : फाल्गुन २८, २०७४ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?