सामसङकाे नयाँ स्मार्टफोन,यस्ता छन् विशेषताहरु

कान्तिपुर संवाददाता

काठमाडौँ — सामसङले नयाँ स्मार्टफोन ग्यालेक्सी एस–९ र एस–९ प्लस नेपाली बजारमा उपलब्ध गराएकाे छ । मार्च २३ तारिखबाट नेपालमा उपलब्ध हुने यी मोडलका फोनहरुको प्रि–बुकिङ साेमबारदेखि कम्पनीले जनाएकाे छ ।

सामसङकाे नयाँ स्मार्टफोन,यस्ता छन् विशेषताहरु

यो मोडलको स्मार्टफोनमा सामसङले इमेज, भिडियो तथा इमोजीहरु शेयर गर्ने विशेष प्रविधिको प्रयोग गरेको छ । कम्पनीका अनुसार नयाँ फोनहरुमा संशोधित गरिएको ड्यअल एपर्चर लेन्स, लो लाइट क्यामेरा, सुपर स्लोमा भिडियो खिच्न सकिने सुविधा तथा पर्सनलाईज्ड एआर इमोजीस तथा डबल एटमोसको साथ एकेजीद्वारा सुसज्जित गरिएको स्टेरियो स्पिकर रहेको छ ।

सामसङ मोबाइल डिभिजन नेपालका प्रमुख प्रणयरत्न स्थापितले मोबाइल फोनबाट स्व–अभिव्यक्तिमा परिवर्तन आएको उल्लेख गर्दै एस–९ र एस–९ प्लसमा जुनसुकै बेला प्रयोगकर्ताले उच्चस्तरीय फोटो तथा भिडियो खिच्न सक्नेछन् । एस–९ र एस–९ प्लसमा अझ बढी सुधारिएको रिफाइन्ड एज–टू–एज इनफिनिटी डिस्प्ले तथा नयाँ स्मार्ट एप्स लगायतका फिचर छन् ।


विशेषताहरु

क्यामेरा:

ग्यालेक्सी एस–९ र एस–९ प्लसको क्यामेरा सुपरस्पीड पिक्सल सेन्सर जडान गरिएको छ । डेडिकेटेड प्रोसेसिङ पावर तथा मेमोरी जस्ता विशेषताले उच्चस्तरीय फोटो खिच्न सकिने सुविधा यसमा उपलब्ध छ । फोटो शेयर तथा राम्रो लाईटिङबिना नै उत्कृष्ट फोटो खिच्नका लागि एस–९ र एस–९ प्लस उपयुक्त हुन्छ । अधिकांश स्मार्ट फोनहरुमा फिक्स्ड एपर्चर भएको हुँदा न्यून उज्यालोमा राम्रो फोटो खिच्न कठिनाइ हुन्छ । एस–९ र एस–९ प्लसमा दुईवटा एपर्चर हुने भएकाेले ज्यादा वा न्यून प्रकाशमा सफा एवं चुस्त फोटो खिच्न सकिन्छ ।


सुपर स्लो मोसन:

यी फोनबाट हरेक दिन डायनामिक स्लो मोसन भिडियो खिच्न सकिन्छ । यसले प्रति सेकेन्ड ९६० फ्रेम क्याप्चर गर्न सक्दछ । यसमा अटोमेटिक मोशन डिटेक्टर सुविधा पनि छ । जसले मुभमेन्टलाई सहजै यकिन गरी भिडियो रेकर्ड गर्न थाल्दछ । यसमा भएको ३५ विभिन्न अप्सनको प्रयोग गरी आफूलाई चाहिएको जस्तै भिडियो निर्माण गर्न सकिन्छ । साउन्ड राख्ने, आफूलाई मनपर्ने ट्युनमा ब्याकग्राउन्ड म्युजिक राख्न सकिने जस्ता विशेष सुविधाहरु रहेका छन् । फोनमा भएको सुविधा प्रयोग गरेर एक क्लिकका भरमा जिआइएफ फाइल सजिलै बनाई शेयर गर्न पनि सकिन्छ ।


ए आर इमोजी :

यो सुविधाबाट प्रयोगकर्ताले आफू जस्तै इमोजी तयार गर्न सक्नेछन् । त्यसमा सोही अनुसार साउन्ड अनुकरण गरी राख्न पनि सकिन्छ । फोनमा प्रयोग भएको डाटा बेस्ड मेसिन लर्निङ लगोरिदमको साहयताले टूडी तस्विरलाई थ्रीडी मोडेलमा बदल्न सकिन्छ । यस्ता इमोजीलाई शेयर गर्न, भिडियो बनाउन, विभिन्न स्टिकरको रुपमा प्रयोग गर्न पनि सकिन्छ ।


बिक्सबी :

सामसङको इन्टलिजेन्स प्लाटफर्म बिक्सबीको माध्यमबाट प्रयोगकर्ताले सहजै रुपमा आफ्नो वरिपरि भएका विभिन्न जानकारी प्राप्त गर्न सक्नेछन् । रियल टाइम अब्जेक्ट डिटेक्शन/रिकग्निसनको साथ विक्सबीले तुरुन्तै तस्वीरको जानकारी दिन्छ । यूजर लाइभ ट्रान्सलेसनको माध्यमबाट विभिन्न भाषा र विदेशी विनियमदरको जानकारी उपलब्ध गराउन फोन आफौ सक्षम छ ।


यस फोनमा माइक्रोएसडी कार्डको प्रयोग गरी ४०० जीबीसम्म मेमोरी बढाउन सकिन्छ ।

बायोमेट्रिक अथेन्टिकेशन अपस्न आइरिस, फिङ्गर प्रिन्ट तथा फेशियल रिकग्निशन जस्ता सुरक्षा संयन्त्र राखिएको छ, जुन प्रयोगकर्ताले आफ्नो रुची वा आवश्यकता अनुसार छनौट गर्न सक्नेछन् । यो फोनमा विशेष कारको अप्टिकल सेन्सरको प्रयोगले प्रयोगकर्ताको स्वास्थ्य अवस्थालाई सही तरिकाबाट पहिचान गर्न सक्दछ ।


मूल्य:

सामसङ ग्यालेक्सी एस–९ र एस–९ प्लसको मूल्य क्रमश: ९२ हजार ९ सय र एक लाख चार हजार ९ सय तोकिएको छ । दुवै फोनमा ५ हजार तुरन्त क्यास ब्याकको सुविधा दिइएको छ । दुवै फोनको प्रि–बुकिङ मार्च १२ तारिखबाट www.S9prebooking.com वेभसाइटमा गई गर्न सकिने व्यवस्था कम्पनीले मिलाएको छ । नेपालमा यी फोनहरुको मार्च २३ तारिखबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।


एस–९ प्लस मिडनाइट ब्ल्याक,कोरल ब्लू ,पर्पल कलरमा उपलब्ध हुनेछन् भने एस–९ मिडनाइट ब्ल्याकमा उपलब्ध हुने छ ।


प्रकाशित : फाल्गुन २९, २०७४ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?