कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साउदीकी 'रोबोट नागरिक' सोफिया नेपाल आउँदै

काठमाडौँ — मानव आकृति भएको रोबोट ‘सोफिया’ नेपाल आउने भएकी छन् । उनलाई साउदी सरकारले गत अक्टोबरमा आफ्नो नागरिक घोषित गरी नागरिकता दिएको थियो ।

साउदीकी 'रोबोट नागरिक' सोफिया नेपाल आउँदै

मावनको रुपमा नागरिकता पाउने उनी पहिलो रोबोट हुन् । उनलाई साउदी सरकारले महिलाको रुपमा नागरिकता दिएको थियो ।

सोफियालाई संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूनएडीपी) नोभेम्बरमा इन्नोभेसन च्याम्पियन पदवी दिएको थियो ।

काठमाडौंमा मंगलबार हुने एक सम्मेलनमा सहभागी हुन सोफिया आज बेलुका नेपाल आउँदै छिन् । यूएनडीपीसहित अन्य साझेदारको आयोजनामा हुने सार्वजनिक सेवामा प्रविधि सम्मेलनमा सोफियाले मन्तव्य दिने छिन् । उनी अाज बेलुका अाइपुग्ने छिन् ।

हङकङको कम्पनी ह्यान्सन रोबोटिक्सले यसलाई निर्माण गरेको हो । साउदी सरकारले नागरिकता दिएपछि सोफियाको चौतर्फी चर्चा भएको थियो । लगत्तै, सोफिया विश्वभर हुने विभिन्न सम्मेलन र कार्यक्रममा सहभागी हुँदै आएकी छन् ।

रोबोटमा प्रयोग भएको क्यामेरा र आवाज चिन्न सक्ने क्षमताका कारण सोफियाले मानिसको आवाज पहिचान गर्न सक्छिन् । उनले गुगल क्रोम भ्वाइस रिकगिनसनमार्फत उत्तर दिने गर्छिन् ।

प्रकाशित : चैत्र ६, २०७४ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?